बीर अस्पतालको सात तले सर्जिकल ब्लक तीनबर्ष भित्र निर्माण सम्पन्न हुने
काठमाडौँ, २४ माघ । बीर अस्पतालको सात तल्ले सर्जिकल ब्लक अबको तीन बर्ष भित्र निर्माण सम्पन्न हुने गरी सम्झौँता भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र जेआईइसी तथा शर्मा रसुवा कन्स्ट्रक्सन प्रालिबीचको जोइन्ट भेन्चरमा सर्जिकल ब्लक बनाउने सम्झौँता भएको हो ।
२ अर्व ३४ करोड लागतमा निर्माण सम्पन्न गर्ने गरी आज न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङ र कम्पनीका तर्फबाट प्रतिनिधीले सम्झौँता पत्रमा हस्ताक्षर गरेका छन् । ‘हामीले आज सम्झौँता गरेका छौँ अव यसै महिना देखि निर्माण कार्य शुरु हुन्छ,’ उपकुलपति प्राडा गुरुङले भने ।
बीर अस्पतालको उत्तरपट्टिको पहिले नर्सिङ कलेज भएको स्थानमा भवन बन्न लागको हो । सो भवन अन्डरग्राउण्ड २ तल्ला पार्किङ सहित माथि सात तल्लाको हुनेछ ।
अस्पतालका निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतले नयाँ भवनमा १६ वटा ओटी, ३० वटा सर्जिकल आइसियू सहित ६५० बेड रहने बताए । उनले नयाँ भवन बनेपछि बीर अस्पतालमा बेड पाउने समस्या हटेर जाने विश्वास व्यक्त गरे ।
यस्तो बन्नेछ भवन
सम्पर्क इमेल : [email protected]