थ्रि गर्जेजसंग आवद्ध शिक्षक विद्यार्थीले एलमुनाई एसोशिएसन गठन गर्ने

404
Shares

काठमाडौँ, १९ कात्तिक । चीनस्थित चाइना थ्रि गर्जेज युनिभर्सिटीमा मेडिकल तथा इन्जिनियरिङ विषय अध्ययन तथा अध्यापन गरेका नेपाली शिक्षक र विद्यार्थीहरुले चाइना थ्रि गर्जेज एलमुनाई एशोसियसन गठन गर्ने भएका छन् ।

थ्रि गर्जेज युनिभर्सिटी रहेको हुवे प्रान्तबाट नेपाल आएका एजुकेशन व्युरो प्रमुख, निमित्त प्रमुख, थ्रि गर्जेज युनिभर्सिटीका उपकुलपति, सोही युनिभर्सिटी अन्तरगर्त चिकित्साशास्त्र तर्फका डीनको स्वागतमा आयोजित विशेष कार्यक्रममा सो घोषणा गरिएको हो ।

कार्यक्रमको संयोजन गरेका डा कृष्ण अधिकारीले थ्रि गर्जेजबाट मात्रै अहिलेसम्म २७७ जना विद्यार्थी अध्ययन पुरा गरी नेपाल फर्केको र अध्यापन गराउने शिक्षकको संख्या ८७ पुगेको बताए । उनले निकट भविस्यमै बृहत भेला गरी एलमुनाई एसोसिएशनलाई संस्थागत रुप दिने जानकारी दिए ।

चिनिया टोलीसंगको छलफलमा पुगेका चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङगले थ्रि गर्जेज र न्याम्सबीच शैक्षिक कार्यक्रममा सहकार्य रहनु पर्ने बताए ।

सो अवसरमा थ्रि गर्जेज युनिभर्सिटिका उपकुलपतिले न्याम्सको फेकल्टी डेभलपमेन्ट र विशेषज्ञहरुलाई छोटो अवधीको तालिम उपलव्ध गराउन आफूहरु इच्छुक रहेको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *