बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यले चार टोली खटाउँदै
काठमाडौँ, २९ साउन । स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न उपसचिवको नेतृत्वमा चारवटा टोली खटाउने भएको छ ।
विहान स्वास्थ्यसेवा विभागमा बसेको बैठकले विराटनगर, जनकपुर, रौतहट सर्लाही र नेपालगञ्जका लागि चारवटा टोली खटाउने भएको हो ।
विभागका उपमहानिर्देशक चुडामणी भण्डारीका अनुसार पूर्वाञ्चलमा डा गुणनिधी शर्मा, जनकपुरमा भीम सापकोटा, रौतहट सर्लाहीमा सागर घिमिरे र नेपालगञ्जका लागि परशुराम श्रेष्ठलाई खटाउने निर्णय गरेको हो ।
सो टोलीले स्थानीय तहको स्वास्थ्य अवस्था अध्ययन गर्ने र आवश्यक औषधि उपचारको लागि केन्द्रसंग समन्वय गर्ने बताइएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]