लुम्बिनी अञ्चल अस्पतालमा दुरबिनबाट पत्थरी निकाल्ने सेवा सुरु

रुपन्देही, १६ पुस । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा दूरबिनबाट पत्थरी निकाल्ने पद्धति ल्यापरोसी सेवा शुक्रबारदेखि सुरु भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विकास देकोटाले अस्पतालका शल्यचिकित्सकको टोलीले सेवा सुरु गरेको जानकारी दिए । बुटवल– १३ देवीनगरकी रीता नेपालीले उक्त सेवा लिएर उद्घाटन गरिएको अस्पतालले जनाएको छ ।

अञ्चल अस्पतालमा सुरु भएको सो सेवा शल्यक्रिया विशेषगरी स्त्रीरोगका लागि लाभदायक हुने छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *