मानसिक स्वास्थ्य सम्वन्धी बृहत राष्ट्रिय सर्भेक्षण हुँदै
काठमाडौँ, ७ पुस – स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्य सम्वन्धी बृहत राष्ट्रिय सर्भेक्षणको गर्ने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अगुवाई हुने बृहत सर्भेक्षणको तयारी गर्न मन्त्रालयले चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा स्टेरिङ कमिटी बनाउने प्रस्ताव अघि सारेको छ ।
सो समितिका अन्य सदस्यहरुमा त्रिवि शिक्षण अस्पतालका मानसिक विभाग प्रमुख प्राडा सरोजप्रसाद ओझा, टीपीओ नेपालका डा. सरोज कोइराला, पुर्नजारण महाशाखाका निर्देशक मोहमद दाउद रहेका छन् ।
त्यसैगरी पाटन अस्पतालका डा. रबि शाक्य, मानसिक अस्पतालका डा. सुरेन्द्र शेरचन, कोशिश संस्थाका मातृका देवकोटा, चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछाने, सेन्टरफर मेन्टलका डा. पशुपति महत र सदस्यसचिवमा नेपाल स्वास्थ्य अनुसन्धानका सदस्यसचिव डा. खेमकार्की रहेका छन् ।
परिषदका सदस्यसचिव डा. कार्कीले नेपालमा मानसिक स्वास्थ्यको अवस्था कस्तो छ भन्ने राष्ट्रिय रुपमा अध्ययन गर्ने योजना अघि बढाइएको बताए । उनले सर्भेक्षण कसरी गर्ने भन्ने विधि र प्रक्रियाको छलफल गर्न स्टेरिङ कमिटीको प्रस्ताव भएको बताए ।
‘यो बर्ष हामीले सर्भेक्षणलाई कुन विधिबाट अघि बढाउने भन्ने बारेमा योजना बनाउछौँ र आगामी बर्ष देशव्यापी रुपमा सर्भेक्षणको काम हुन्छ,’ डा. कार्कीले भने ।
सम्पर्क इमेल : [email protected]
great step for the research of mental illness.’No health with out mental health’.