महिला स्वास्थ्य स्वयंसेविकाले बाँडे एक बर्षमा एक करोड कन्डम

health-worker

काठमाडौँ, २० मंसिर – सरकारले महिला स्वास्थ्य स्वयंसेविका मार्फत एक बर्षमा एक करोड बढी कन्डम वितरण गरेको छ । स्वास्थ्य सेवा विभाग परिबार स्वास्थ्य महाशाखाका अनुसार देशभर रहेका ५१ हजार ४७० जना महिला स्वास्थ्य स्वयंसेविकाले आर्थिक बर्ष २०७१/०७२ मा मात्रै १ करोड ५ लाख १२ हजार ४४९ वटा कन्डम वितरण गरेका छन् ।

प्रजनन दर घटाउने सरकारको लक्ष्य अनुरुप महिला स्वास्थ्य स्वयंसेविकाले सोही अवधीमा ८ लाख ६६ हजार ८८१ जना महिलालाई खाने चक्की पिल्स वितरण गरेका छन् ।

स्वयंसेविकाले एक बर्षको अवधीमा १४ लाख ११ हजार ४३८ प्याकेट पुर्नजलिय झोल वितरण गरेका छन् । महाशाखाले सो अवधीमा स्वयं सेविकाले ९ लाख ३२ हजार ९४५ जना महिलालाई आइरन चक्की वितरण गरेको जनाएको छ ।

कुल प्रजनन दर, बालमृत्यु दर, र मातृमृत्युदर घटाउने राष्ट्रिय लक्ष हासिल गर्न सरकारले २०४५/०४६ साल देखि महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम सुरु गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *