कोरोना

स्याङ्जा : कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधि

स्याङ्जा, १७ जेठ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका बिरामीको उपचारमा आयुर्वेदिक औषधिको प्रयोग गरिएको छ ।

अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)संग अलग भएको राष्ट्रपति ट्रम्पको घोषणा

वासिङ्टन, १७ जेठ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)संग सबै प्रकार सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

सबै राष्ट्रसेवक कर्मचारीलाई एक लाखसम्मको नि:शुल्क कोरोना वीमा

काठमाडौँ, १५ जेठ । सरकारले सबैखाले राष्ट्रसेवक कर्मचारीलाई  एक लाख रुपैयाँसम्मको निशुल्क कोरोना बीमा गर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दा सो जानकारी दिएका हुन् ।

कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेट

काठमाडौँ, १५ जेठ । सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि रु ६अर्ब बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसमा बजेट आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यकपर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन रु छ अर्ब बजेट व्यवस्था गरिएको बता

कोरोना तथा संक्रामक रोगको उपचारमा सम्लग्न सबै स्वास्थ्यकर्मीलाई ५ लाखको निशुल्क बीमा

काठमाडौँ, १५ जेठ । सरकारले कोरोना तथा अन्य संक्रामक रोगको उपचार तथा रोकथाममा खटिने सबै स्वास्थ्यकर्मीहरुलाई ५ लाखको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक बर्ष २०७७ /७८ को बजेट तथा कार्यक्रमको घोषणा गर्ने क्रममा सो बताएका हुन् ।

थप ७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ६८२ पुग्यो

काठमाडौ, १२ जेठ । नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले अछाम, बर्दिया र बारामा गरी ७ जनामा संक्रमण देखिएको बताए ।

नेशनल मेडिकल कलेजमा आठ दिन अघि मृत्यु भएका व्यक्तिमा कोरोना भएको पुष्टि

काठमाडौँ, १२ जेठ । उपचारको क्रममा आठ दिन अघि मृत्यु भई दाहासंस्कार समेत गरिसकेका व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा गत ४ जेठमा निधन भएका कलैया ७ बाराका ७० बर्षिय बृद्धमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

बाँके र बर्दियामा थप ५ जनामा देखिएको कोरोना संक्रमण

दाङ, ११ जेठ ।  बाँके र बर्दिया जिल्लामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा थप पाँच जनामा संक्रमण देखिएको हो ।

काठमाडौँ पछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा

जुम्ला, ११ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भएरनभएको पत्ता लगाउन पिसीआर परीक्षणको दायरा बढाउँदै गएको छ ।