विदेश

चिनियाँ सिनोफाम र सिनोभ्याक्स खोप कोभ्याक्स कार्यक्रममा सम्लग्न हुने

बेइजिङ, २९ असार । कोभिड-१९ विरूद्धको विश्वव्यापी खोप अभियानमा चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोप कोभ्याक्स कार्यक्रममा सम्लग्न हुने भएका छन्।

ब्राजिलमा कोभिडबाट एकै दिन एक हजार २०० भन्दा बढीको मृत्यु

साओ पाओले, २७ असार । ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिनमा एक हजार २०० भन्दा बढीको ज्यान गएको बताइएको छ । आइतबार त्यहाँका

जापानद्धारा ताइवानलाई ११ लाख ३० हजार खोप प्रदान

ताइपेइ, २५ असार । जापानले ताइवानलाई कोरोनाभाइरस विरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ । जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन् । बेलायत र स्वीडेनको बायोटेक कम्पनी अष्ट्राजेनिकाले विकास गरेको खोप उत्पादन गर्ने अनुमति पाएर जापानले उत्पादन गरेको हो ।

भारतमा संक्रमणमुक्त हुनेहरुको संख्या ९७.१९ प्रतिशत, थप ४३ हजार संक्रमित

नयाँ दिल्ली, २५ असार । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ९७.१९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतका नयाँ स्वास्थ्य मन्त्री बने मनसुख मण्डाविया, यस्तो छ बायोडाटा

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार आफ्नो मन्त्रीमण्डलमा फेरवदल गरेका छन् । उनले अघिल्लो कार्यकाल देखि स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको जिम्मेवारी आफ्नै गृह जिल्ला गुजरातबाट संसदमा प्रतिनिधित्व गरेका मनसुख मण्डावियलाई दिएका छन् ।

दक्षिण कोरियामा देखिए अहिलेसम्मकै धेरै कोभिड संक्रमित, देश चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा

सोल, २४ असार । दक्षिण कोरियामा कोभिड – १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । त्यहाँ गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमितरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

कोरोनाविरुद्ध विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार डोज खोप लगाइयो

बाल्टिमोर, मेरील्यान्ड, २४ असार । विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप

भारतमा संक्रमितको संख्यामा फेरि बृद्धि

नयाँ दिल्ली, २४ असार । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

बेइजिङ, २४ असार । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९२९ जनाको मृत्यु भएको छ ।