विदेश

कोरोना भाइरस संक्रमणबाटअमेरिकामा एकैदिन १ हजार ५९२ को मृत्यु

वासिङटन,१४ साउन ।अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ ।

मोडर्नाको खोपले बाँदरमा राम्रोसँग काम गरिरहेको छ : अध्ययन

वासिङ्टन, १४ साउन । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ ।

दक्षिण कोरियामा कोभिड -१९ का सङ्क्रमित बढे

सोल, १४ साउन । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढ्न थालेका छन् । पछिल्लो समयमा यहाँका सङ्क्रमितहरु बढ्न थालेको देखिएको बताइएको छ ।

भारतमा एकैदिनमा करिब ५० हजार सङ्क्रमित

नयाँदिल्ली, १२ साउन । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

‘भिटामिन ‘डी’ को कमी भएमा कोरोनाभाइरस सङ्क्रमणको खतरा बढी हुने’ : अध्ययन

जेरूसेलम, १२ साउन । इजरायली अनुसन्धानकर्ताहरूको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढी रहने देखाएको छ ।

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ३६ हजार

नयाँ दिल्ली, १० साउन । भारतमा विगत २४ घण्टामा ४८ हजार ९१६ व्यक्ति सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड ५९ लाख नाघ्यो

जेनेभा, स्वीट्जरल्याण्ड, १० साउन । विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार जानकारी दिएको छ ।

ब्राजिलमा संक्रमितको संख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु

ब्रासिलिया, १० साउन । ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । यहाँ हरेक दिन हजारौँको संख्यामा संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या २३ लाख नाघेको हो ।