ब्लग

कोरोना संक्रमणमा परेकी नर्सको आइसोलेसन अनुभव

म नर्स, म स्वास्थ्यकर्मी । कामकै सिलसिलामा कोभिड – १९बाट अचानक संक्रमित हुन पुगेँ । जब संक्रमित भएको रिपोर्ट एका विहानै सुने के गर्ने के नगर्ने, एकछिन त अध्यारो सुरुङ भित्रै फँसे जस्तै भयो ।  

मृत्युको मुखमा पुगेर फर्केपछि आईसीयूको बेडबाट ………..

आज कोरोना संक्रमण भएको २२ औँ दिन । संक्रमणको शुरुमा मलाई कुनै लक्षण थिएन तर बीचमा अवस्था यस्तो आयो कि झण्डै ज्यान लिएन । कोरोनाको क्रिटिकल अवस्थाबाट मृत्युको मुखमा पुगी आईसीयू बेडबाट केही शब्दहरु लेख्दैछु ।

नेपालमा सुत्केरी, मृतजन्म र नवजात शिशुबारे ल्यानसेटको पछिल्लो प्रतिवेदन र बास्तविकता

सारा विश्व कोभिड – १९ को महामारीबाट गुज्रिरहेको बेला हाम्रो देश त्यसबाट अछुतो रहने कुरै भएन । प्रतिकुल अवस्थाका बावजुत हाम्रो देशका स्वास्थ्यकर्मीहरुले अहोरात्र खटिएर स्वास्थ्यका नियमित सेवा सञ्चालन गरिनै रहेका छन् ।

‘नेपालमा अङ्ग प्रत्यारोपणको क्षेत्रमा बितेका मेरा बाह्र वर्ष’

यो बाह्र बर्ष अघिको कुरा………………..                                                                   बेलायतको न्युक्यासलस्थित फ्रिम्यान हस्पिटलमा मिर्गौला, कलेजो र प्याङ्क्रियाजको प्रत्यारोपणको काम गरिरहँदा नेपालमै गएर यस्तै गरी नेपालीको सेवा गर्ने मौका कहिले जुट्छ होला भनेर सोच्ने गर्दथेँ । नभन्दै सोँचे जस्तै भैदियो । सोही बर्ष अर्थात सन् २००८ को नोभेम्बरमा म नेपाल फर्किएँ ।

विदेशमा अध्ययन् गरेका मेडिकल विद्यार्थीलाई नेपालमै इन्टर्नशीप किन ?

एमबीबीएस तथा बीडीएस अध्ययनका लागि विदेशमा अध्ययन् गर्न गएका विद्यार्थीहरुले इन्टर्नशीप पनि उतै सक्नुपर्छ भन्ने नेपाल मेडिकल काउन्सिलले केही बर्ष अघि देखि जारी गरेको नियमका कारण हजारौँ नेपाली विद्यार्थी समस्यामा परेका छन् ।

स्तनपान : शिशुका लागि अमृत समान

यतिवेला हामी विश्व स्तनपान सप्ताहमा छौँ । हरेक वर्ष अगष्ट १ देखि ७ सम्मको दिनलाई विश्व स्तानपान सप्ताहको रुपमा मनाइने गरिन्छ । यसरी स्तनपान सप्ताह मनाउन थालिएको २८ बर्ष पुग्यो अर्थात् सन् १९९२ देखि यो दिवश विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।

स्वास्थ्य सेवाको पुनर्संरचनामा खोप सेवा

विसं २०७२ सालमा जारी भएको नयाँ संविधानले तीन तहको सरकार रहने व्यवस्था गर्‍यो । सोही अनुसार विगतमा भएका संरचनाहरुको बाँडफाँड र थपघट गरियो । नयाँ संविधान पछि स्वास्थ्य सेवाको संरचनाहरुलाई भने  घटाउने कार्य गरियो ।