छुटाउनु भयो कि ?

प्राडा राजेन्द्र गुरागाईँ त्रिवि आईओएमको निमित्त डीनमा नियुक्त

काठमाडौँ, २३ जेठ ।  त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले चिकित्साशास्त्र अध्ययन् संस्थान् (आईओएम)को निमित्त डीनमा प्राडा राजेन्द्र गुरागाईँलाई नियुक्त गरेको छ ।

पछिल्लो चौविस घण्टामा २७८ जना थपिए कोरोना संक्रमित

काठमाडौँ, २३ जेठ । पछिल्लो चौविस घण्टामा देशभर थप २७८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ ।

पाल्पामा तीन दिन अघि मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टी, कुल मृतकको संख्या १० पुग्यो

काठमाडौँ, २२ जेठ । तीन दिन अघि पाल्पाको  मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड – १९) संक्रमण पोजेटिभ देखिएको छ । पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको तीन दिन अघि मृत्यु भएको थियो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशकमा डा. दिपेन्द्ररमण सिंह, महेन्द्रलाई मन्त्रालय तानियो

काठमाडौँ, २२ जेठ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवा विभागका महानिर्देशक सहित ६ जनाको जिम्मेवारी हेरफेर गरेका छन् ।

स्वास्थ्य मन्त्री ढकाल सहित मन्त्रालयका १४७ जनाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना भाइरस परीक्षण गर्न मंगलबार विहान लिएको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई भन्यो- ‘आधा जनशक्ति रिजर्व राखेर सेवा सुचारु गर्नु’

काठमाडौँ, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधा जनशक्ति रिजर्व राखेर सेवा सूचारु गर्ने व्यवस्था मिलाउन देशभरका अस्पतालहरुलाई अनुरोध गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र सेवालाई सूचारु गर्न यस्तो अनुरोध गरेको हो ।

कोरोना महामारीकाबेला बालबालिकालाई जोगाउन अभिभावकले के गर्ने ? नेपासले दियो यस्तो ‘आइडिया’

पछिल्लो समय देशमा कोरोना भाइरस (कोभिड-१९) को महामारी बढ्दो क्रममा देखिएपछि सोसाइटीले आफ्ना बालबालिकाहरुलाई कोरोनाको महामारीबाट कसरी जोगाउने भनेर ‘आइडिया’ दिएको छ ।

कोरोनाको सन्दर्भमा प्रधानमन्त्री ओलीले देशवासीको नाममा दिएको सन्देश

आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ ।

त्रिवि शिक्षण अस्पतालले पनि शुरु गर्‍यो पीसीआर परीक्षण

काठमाडौँ, १२ जेठ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड – १९)को परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालयले उपलव्ध गराएको मेसिनबाट अस्पतालले कोरोना परीक्षण सेवा शुरु गरेको हो ।

लकडाउन २० जेठ सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौँ, ४ जेठ । सरकारले जारी लकडाउन २० जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यसअघि ५ जेठ सम्म तय गरेको लकडाउनको अवधी २० जेठसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।