
छुटाउनु भयो कि ?

नेकपा निकट राष्ट्रिय चिकित्सक संघ अब पनि एक ढिक्का !
काठमाडौँ, २४ पुस । नेकपामा आस्था राख्ने चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)ले आफूहरु एक ढिक्का भएरै अघि बढ्ने निस्कर्ष निकालेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा शुक्रबार बसेको बैठकले आफ्नो माउ पार्टीमा विग्रह देखिए पनि एनडीएएन एकजुट रहने निस्कर्ष निकाल्दै संस्था थप बलियो बनाएर लैजाने निस्कर्ष निकालेको हो ।

दुई महिना भित्र सात प्रदेशमा खोप भण्डारण केन्द्र बनाउँदै सरकार, निर्माणको जिम्मा सेनालाई
काठमाडौं, २४ पुस । सरकारले दुई महिना भित्र काठमाडौँ सहित सात प्रदेशमा आठ वटा अत्याधुनिक खोप भण्डारण केन्द्र (वेर हाउस) बनाउने भएको छ । कोरोना खोप ल्याउने तयारी चलेकै बेला गत २० पुसमा बसेको मन्त्रिपरिषद बैठकले सातवटै प्रदेशमा सात र काठमाडौँमा एक गरी आठ ठाँउमा अत्याधुनिक खोप भण्डारण केन्द्र बनाउने निर्णय गरेको हो ।