मासु खाँदा ध्यान दिनुहोस् यी कुरामा

हामी दशैंको मुखमा छौँ । आज महाअष्टमीको दिन । आजको दिन धेरै मन्दिर तथा दशैं घरमा पशु बलि दिने चलन छ । महाअष्टमीको दिनबाट अझ धेरै मासु खाने चलन छ । तर यसरी मासु खाँदा स्वास्थ्यमा विशेष ख्याल पुरयाउन आवश्यक छ ।

बरिष्ठ पोषणविद डा उमा कोइरालाले मासु खाँदा ध्यान दिनु पर्ने कुराहरु बताएकी छन् :

– एउटा जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खान राम्रो हुन्छ । मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ । दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखी ५५ ग्राम प्रोटिन हुन्छ । थप प्रोटिन अन्य खानाबाट पाइन्छ ।

प्रा. डा. उमा कोइराला, पोषणविद्

– मधुमेह, उच्चरक्तचाप, मृगौलामा समस्या, कोलेस्ट्रेरोल बढी भएका व्यक्तिले बोसो नभएका मासु सकभर उसिनेर खानु राम्रो हुन्छ । अझ उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खानु उत्तम मानिन्छ ।

-मासु खाएपछि शरीरलाई हलचल वा व्यायम गर्नु राम्रो हुन्छ । त्यसो त शरीरका लागि नियमित रुपमा ४५ मिनेट जति हिडनु राम्रो हुन्छ । मासु खाएका बेला पनि सो प्रक्रियालाई थप्न सकिन्छ ।

-ग्यास्टिकले नसताओस भन्नका लागि सकभर उसिनेको वा रसयुक्त मासु खान लाभदायी हुन्छ ।

-मासु खाइसकेपछि असहज महसुस भएमा कागती पानी वा ज्वानो पानी खान सकिन्छ । यसले असहजता हटाउन मद्धत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *