प्रजातन्त्र दिवसमा निःशुल्क स्वास्थ्य शिविर

72
Shares

मान्म, ६ फागुन । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आज शिविर सञ्चालन गरिएको हो ।

शिविरमा रक्तचाप, मधुमेहलगायत रोगको परीक्षण गरिनुका साथै १२ वर्ष माथिका सबै किशोरकिशोरीलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए ।

जिल्ला समन्वय समितिको कार्यालय अगाडिको खुल्ला मञ्चमा शिविर सञ्चालन गरिएको हो । शिविरमा करिब ३०० जनालाई सेवा दिने लक्ष्य रहेको महतले बताए ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *