अब बैदेशिक रोजगारीमा जानेले अनिवार्य रुपमा स्वास्थ्य बीमा गर्नुपर्ने

648
Shares

काठमाडौँ, १० माघ । श्रम तथा रोजगार कार्यलय विराटनगरले बैदेशिक रोजगारीमा जानेहरु अनिवार्य रुपमा स्वास्थ्य बीमामा आवद्ध हुनुपर्ने नयाँ व्यवस्था लागू गरेको छ । यो व्यवस्था अनुसार बैदेशिक रोजगारमा जाने हरेक कामदारले श्रम स्वीकृति लिनका लागि निवेदन साथ स्वास्थ्य बीमा परिचय पत्रको प्रतिलिपी पेश गर्नुपर्ने हुन्छ ।

श्रम कार्यालय विराटनगरले गत शुक्रबार जारी गरेको सूचना अनुसार स्वास्थ्य बीमा नियमावली २०७५ को परिच्छेद २ को स्वास्थ्य वीमा कार्यक्रममा आवद्धता सम्वन्धी व्यवस्थाको नियम ४ अनुसार यो व्यवस्था लागू भएको हो ।

त्यसो त स्वास्थ्य बीमा ऐन २०७४ को दफा ३ को उपदफा ४ मा पनि बैदेशिक रोजगारमा जाने कामदार स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने छ भनि उल्लेख छ । यता नेपालको संविधान २०७२ को धारा ५१ को उपधारा ज १५ मा नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचार पहुँचो व्यवस्था मिलाउने भन्ने उल्लेख छ ।

‘यहि व्यवस्था र अधिकारलाई कार्यान्वयन गर्ने कामको सुरुवात भएको हो । अहिले श्रम तथा रोजगार कार्यालय विराटनगरले यो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ । अब विस्तारै अरु ठाँउका कार्यालयबाट पनि यो व्यवस्था आउँदैछ र स्वास्थ्य बीमालाई अनिवार्य गरिदैछ,’ स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी सोभित रिजालले भने ।

विसं २०७२ साल चैत २५ गते देखि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमले अहिले जिल्लागत रुपमा ७७ वटै जिल्लालाई छोएको छ । यद्धपी आवद्धताको संख्या भने अपेक्षित रुपमा बढ्न सकिरहेको छैन् । बोर्डले पछिल्लो समय सेवालाई गुणस्तरीय बनाउने र आवद्धतालाई बृद्धि गर्ने कामलाई तिब्रता दिएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *