काठमाडौँ उपत्यकामा थपिए १० जना कोरोना संक्रमित


काठमाडौँ , ९ साउन । काठमाडौँ उपत्यकामा आज थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा १० जना संक्रमित थपिएको जानकारी दिए।

उनले अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको नमुना परीक्षणमा काठमाडौँका ५ जना र त्रिवि शिक्षण अस्पताल महारागञ्जमा ५ जनामा संक्रमण देखिएको बताए ।

यो सँगै देशभर संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *