सिंहदरबार परिसरको सरसफाईमा खटिने कर्मचारीको कोरोना परीक्षण हुने
काठमाडौँ, ४ साउन । सरकारले सिंहदरबार भित्र सरसफाईमा खटिने सबै कर्मचारीको कोरोना परीक्षण गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार बसेको उच्च स्तरीय समितिको बैठकले टोलीले सिंहदरबारभित्रका सफाइमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्ने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
समितिको आजकै बैठकले विदेशबाट आएकाहरुलाई ५ दिन होल्डिङ सेन्टरमा राखी परीक्षण गरेरमात्रै स्थानीय निकायमा पठाउने, स्थलमार्गबाट आउनेहरुको पनि परीक्षण गरेरै पठाउने, कोरोना पोजेटिभ व्यक्तिको सम्पर्कमा आएका व्यक्ति, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मीहरुको पनि चिकित्सकको सल्लाह बमोजिम कोरोना परीक्षण गर्ने निर्णय पनि गरेको छ ।
गत असारमा विदेशबाट उद्धार गरिएका धेरै नेपालीलाई होल्डिङ सेन्टरमा केही बेर राखेर मात्र स्थानीय तह पठाउने गरिएको थियो ।
डा. गौतमले नेपाल अहिले पनि कोरोनाको उच्च जोखिममा रहेको बताउँदै, थप सतर्कताको आवश्यकता रहेको बताए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

