स्वास्थ्य मन्त्रालयका उपसचिव पौडेलको सरुवा
काठमाडौं, १ साउन । स्वास्थ्य मन्त्रालयका उपसचिव लिलाराज पौडेलको सरुवा भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनको जिल्ला समन्वय समिति कार्यालय रुकुमपूर्व सरुवा भएको हो ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालको निजी सचिवको समेत भूमिका निभाएका पौडेलले मन्त्रालयको नीति योजना महाशाखामा कार्यरत थिए ।
‘सरुवा भएको हो तर रमाना लिईसकेको अवस्था होइन । सम्भवत अझै केही दिन रहनुहुन्छ होला,’ स्रोतले भन्यो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

