स्तरबृद्धि तथा बढुवा रोकिएपछि स्वास्थ्यकर्मीका दशवटा संस्था एकजुट, बुझाए संयुक्त ज्ञापनपत्र

काठमाडौँ, १५ साउन । समायोजन र सामान्य प्रशासन मन्त्रालयलाई कारण देखाउँदै आफूहरुको नियमित रुपमा हुनुपर्ने स्वास्थ्यकर्मीहरुले समायोजनको नाममा गतवर्ष देखि रोकिएको स्तरबृद्धि, पदनाम, जेष्ठता कायम तथा बढुवा सम्वन्धी कार्यहरु तत्काल प्रारम्भ गर्न स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

स्वास्थ्यका ट्रेड युनियन तथा पेशागत संगठन गरी १० वटा संस्थाका प्रतिनिधिहरुले आज स्वास्थ्य सचिव रामप्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराएका हुन् । सो अवसरमा उनीहरुले आफ्ना ४ बुँदे माग समेटिएको ज्ञापन पत्र समेत सचिव थपलियालाई हस्तान्तरण गरेका छन् ।

‘स्वास्थ्य सेवा ऐनमै साउन र माघमा स्तरबृद्धि गर्ने उल्लेख छ । तर गतवर्ष पुसमा समायोजन हुने भनेर रोकियो । अब अहिले साउन १५ भैसक्यो यसपटक पनि रोकिने छाँट छ । त्यसैले मन्त्रालयको ध्यानाकर्षण गराउन बाध्य भएका हौँ ,’ नेपाल स्वास्थ्यकर्मीसंघका सह अध्यक्ष ओम उपाध्यायले भने ।

यता राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका सचिव हिमालय तिवारीले स्वास्थ्य ऐन खारेज भइनसकेको अवस्थामा नियमित रुपमा हुँदै आएको स्वास्थ्यकर्मीहरुको स्तरबृद्धि, पदनाम, जेष्ठता, बढुवा लगायतका नियमित विषय रोक्न नहुने बताए ।

स्वास्थ्य सचिव रामप्रसाद थपलियालाई बुझाएको ज्ञापन पत्रमा राष्ट्रिय स्वास्थ्य कर्मचारी संघ नेपालका अध्यक्ष भक्तिमान सुब्बा, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, मधेशी स्वास्थ्यकर्मी फोरमका अध्यक्ष बालकिशोर यादव, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका अध्यक्ष क्षेत्रराज कार्की, नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्वलकुमार शर्मा, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका चित्रजंग शाही, नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष हरिवहादुर कुवर, हेल्थ असिस्टेन्ट एसोसिएशन नेपाल हानका अध्यक्ष दाताराम अधिकारी, मेलानका अध्यक्ष राजेन्द्र खडका,नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका सचिव गोकुल पराजुली लगायतको हस्ताक्षर छ ।

हेरौँ मागहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *