भोजपुर : गर्भ जँचाउन भिडियो एक्सरे मेशिन

भोजपुर, ३ असोज । पौवादुङ्मा गाउँपालिकाका गर्भवतीले गर्भ जाँच गराउन जिल्ला बाहिरका अस्पताल जानुपर्ने समस्या हटेको छ ।
गाउँपालिकालाई वान हर्ट वल्र्ड वाइट नेपालले भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेसंँगै सो समस्या हटेको गाउँपालिकाले जनाएको छ ।
वान हर्टले गाउँपालिकालाई करीब रु १० लाख बराबरको यन्त्रसंँगै सो सञ्चालनका लागि आवश्यक जनशक्तिसमेत दिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए । सो यन्त्रबाट तत्काललाई मानेडाँडा स्वास्थ्यचौकीबाट सेवा लिन सकिने जनाइएको छ । रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

