‘स्वास्थ्य चौकी अपरान्ह ५ बजेसम्म खुल्छ कि खुल्दैन ?’ बिबरण पठाउन विभागको निर्देशन

bivag1-copy

काठमाडौँ २६ कात्तिक – स्वास्थ्य सेवा विभागले पाँचवटै क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई आफ्ना क्षेत्रका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रले १० – ५ सेवा दिएको नदिएको बारे तत्काल विबरण पठाउन निर्देशन दिएको छ । मंगलबार निर्देशनालयलाई पत्र पठाउँदै उक्त विबरण तत्काल उपलव्ध गराउन निर्देशन दिएको हो ।

यसअघि स्वास्थ्य मन्त्रालयले असोज ९ गते पत्र पठाई सबै स्वास्थ्य संस्थाहरु ( प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी ) १० देखि ५ बजेसम्म खोली सेवाग्राहीलाई आकस्मिक लगायतका अन्य सेवा प्रदान गर्न निर्देशन दिएको थियो । तर अहिले पनि कतिपय ठाँउमा कर्मचारीहरु पहिले जस्तै दिउसो दुई बजे नै स्वास्थ्य चौकी बन्द गरि हिडने गरेको पाइएको छ ।

स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य तथा पुर्नजागर महाशाखाका प्रमुख मोहम्मद दाउदले हरेक स्वास्थ्य चौकी देखि प्राथमिक स्वास्थ्यकेन्द्र विहान १० देखी ५ बजेसम्म खुल्ने पर्ने र आएका विरामीहरुलाई सेवा दिनैपर्ने गरि निर्देशन दिइएको बताए । त्यसका लागि क्षेत्र र जिल्लालाई निरन्तर फलोअप गर्न निर्देशन दिइएको समेत जानकारी दिए ।

उनले क्षेत्रीय कार्यालयलाई आफ्ना क्षेत्रका सम्पूर्ण स्वास्थ्य संस्थामा निशुल्क अत्यावश्यक औषधिको बिबरण खुलेको फ्लेक्स बोर्ड सर्वसाधारणले देख्न सक्ने गरी राखे नराखेको बिबरण समेत मागिएको बताए ।

महाशाखालै औषधि खरिदको प्रक्रिया सुरु भएको नभएको बारेमा समेत विबरण मागेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “‘स्वास्थ्य चौकी अपरान्ह ५ बजेसम्म खुल्छ कि खुल्दैन ?’ बिबरण पठाउन विभागको निर्देशन

  1. Health post ma 7 /8 drugs matrai xan, Health post jirna ra bhatkine awasthama xa,,, Instrument xainan ra sterilization apparatus xainan,,, logistics xainan,,, bhane 10-5 Kholera public ko gali sunnus ra jokhimpurna bhaban ma basnus bhanai ho Mantri jyu ko… Arko kura incentive katdai jane e.g Technical incentive, Hazardous incentive, etc ani service hour badhaudai jane?Tara pani Awasyak pare 24 hr sewa ta diyekai xau… Bejog xa….

  2. बिहान १० देखि ५ सम्म स्वास्थ्य संस्था खाेलेर मात्र के गर्नु सेवाग्राही पनि सेवालिन अाउनुपर्याे ,कर्मचारी काे सेवा गर्ने मनस्थिति हुनुपर्याे र महत्त्वपूर्ण कुरा त स्वास्थ्य संस्था काे अाफ्नाे भवन र प्र याप्त भाैतिक पुर्वाधार अनि पर्याप्त मात्रामा अाैषधि अापुर्ति हुनुपर्छ । अन्यथा स्वास्थ्यकर्मी साथीहरू र सेवाग्राही बिच बिवाद हुने प्रवल सम्भावना देखिन्छ । जसका ज्वलन्त उदाहरण अहिलेसम्म संचालित स्वास्थ्य संस्था अनि स्वास्थ्य संस्था मा भयकाे अतिअावस्यक अाैषधिकाे अभाव लाई लिन सकिन्छ । त्यसैले कुनैपनि निर्णय गर्दा प्रयाप्त श्राेत साधनकाे ब्यवस्थापन गरेर मात्रै निर्णय कार्यान्वयन गर्दा राम्रो हाेलाकि ???????????????? यस बारेमा सम्वन्धित सबै काे ध्यान जावस ।

  3. १० देखि ५ बजे सम्म स्वास्थ्य संस्था संचालन गर्ने नीति आफै मा राम्रो र जनतालाई सरल र सहज हुने हो | पुरा समय स्वास्थ्य संस्था संचालन गर्न हामि स्वास्थ्यकर्मी हरु इच्छुक पनि छौ र गर्छौ पनि तर संस्था संचालन गर्न चाहिने न्युतम माप दण्ड कसले पुरा गरि दिने हो ? स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा बसी राखेको बेला कुनै व्यक्ति बिपी जाँचको लागि आउदा हेरेर जांच गर्ने कि आला,बिपी सेट ले जांच गर्ने ? तौल लिनु पर्दा अन्दाजी तौल लेख्ने कि तौल मसिना मा तौल लिने ? कान सम्बन्धि बिरामी जांच गराउन आउदा सुर्यको प्रकास ले कानको भित्रि भाग हेर्ने कि टर्च लाइटले ? रुघा,खोकी,घाउ खटिरा,पोलेको,पेट दुखेको बिरामी आउदा बिरामीको अनुहार हेरे ठिक गर्ने कि औषधि दिएर ? यी सबै समस्याको समाधान कुन निकाय ले गर्ने हो ? स्वास्थ्य चौकीमा ६ जना स्वास्थ्य जनशक्तिको दरबन्दी कायम गरिएको छ र स्वास्थ्यकर्मी कार्यरत पनि छ तर स्वास्थ्य संस्थामा धाम लाग्दा पानी पड्दा एक थोपा पानी बाहिर जादैन घर भित्र नै आउछ \ स्वास्थ्य संस्थामा ६ जना स्वास्थ्यकर्मी बस्न एक वटा कुर्सि हुन्छ र ६ जनाले पालो पालो गरि १० देखी ५ बजे सम्म बस्ने कि छुटा छुटै कुर्सि हुनु पर्छ ? यी सबै समस्याको समाधान गर्ने निकाय कुन हो ? कृपया म सम्बधित निकाय लाई आफनै आखाले हेर्न आउनु हुन् धनुषामा निमन्त्रण गर्छु | भौतिक, सामग्री ,भवन ,र निम्तम औषधि उपलब्ध नहुने हो भन्ने स्वास्थ्यकर्मी हरुलाई सेवा प्रदान गर्न गाह्रो हुने भएको ले कृपया यी समस्याको समाधान सम्बन्धित निकायबाट छिटो हुने आशा गरेको छु |

Leave a Reply to रामगुलाम कर्ण Cancel reply

Your email address will not be published. Required fields are marked *