बीर अस्पतालमा २ अर्व ८६ करोडको नौ तल्ले सर्जिकल व्लक बन्दै

नेपाली हेल्थ/ काठमाडौँ-bir hospital

सरकारले बीर अस्पतालको उत्तरतर्फ (नर्सिङ कलेज सञ्चालन भएको स्थानमा) अत्याधुनिक नौ तल्ले सर्जिकल भवन बनाउने भएको छ । बीर अस्पताललाई भौतिक निर्माण, क्षमता तथा सेवा विस्तार गरी अत्याधुनिक बृहत र सुविधा सम्पनन बनाउने सरकारको गुरु योजना अन्तर्गत सो भवन बनाउन लागेको हो ।

सरकारले यसअघि सो स्थानमा १५ तल्ले भवन बनाउने योजना अघि सारेको थियो । तर १२ बैशाखको भूकम्प पछि भवनको उचाई घटाएको हो । अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले जमीनमुनि २ तल्ला र माथि ७ तल्ला गरी नौ तल्लाको भवन बनाउन लागिएको बताए । सर्जिकल विभाग रहने सो व्लकमा ६५० सैया रहने जानकारी दिए । ‘त्यसका लागि २ अर्व ८६ करोड रुपैया बजेटमा विनियोजन भइसकेको छ’ उनले भने ‘निर्माण पुरा भएपछि झण्डै त्यतिनै रकम थप गरी अत्याधुनिक उपकरणहरु खरीद गरिन्छ ।’

सर्जिकल व्लकको भूइल्लामा पेटस्क्यानका लागि बंकर बनाउने, एमआरआई, सिटी, लिनियर एक्सलेटर जस्ता अत्याधुनिक परीक्षण केन्द्रहरु रहने डा. पण्डितले बताए । उनले पहिलो तल्लामा १६ वटा सल्यक्रिया कक्ष रहने बताए । त्यसमाथि पोष्टअप र त्यसमाथि जनरल वार्ड राखिने ९ औ तल्लामा कन्फेन्स र क्यान्टिनहरु सञ्चालन गरिने बताए ।

स्वास्थ्य मन्त्री रामजनम चौधरीले नेपालमै अत्याधुनिक उपचार सेवा उपलव्ध गराउने अस्पतालको रुपमा बीरलाई स्तरोन्नती गर्न लागिएको बताए । उनले बीरलाई भारत, थाइल्याण्ड र सिंगापुरका अत्याधुनिक अस्पताल भन्दा कम नगराउने दावी गरे ।

निर्देशक डा. पण्डितले एक महिना भित्र बोलपत्र आवहान गरेर पुरानो भवन भत्काई नया भवन बनाउने प्रक्रिया अघि बढाउन लागेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “बीर अस्पतालमा २ अर्व ८६ करोडको नौ तल्ले सर्जिकल व्लक बन्दै

  1. नेपालकै जेठो बीर अस्पतालको निक्कै चिन्ता लाग्ने गरेको छ । तर पछिल्ला केही दिनमा पढन पाएको समाचारले मेरो मन खुशी भएको छ । अब बीर अस्पतालले पनि काचुली फेर्ने भयो । खुशी छु । अनि Thank you Nepalihealth समाचारको लागि

  2. १५ तल्ले बाट ९ तल्लेमा घट्यो अब बनाउने बेलासम्म ४ तल्ला हुने हो कि ३ तल्ला । नेपालमा बढ्ने भनेको भ्रष्टाचार मात्रै पो हुने भयो …..

Leave a Reply to विनोद पौडेल Cancel reply

Your email address will not be published. Required fields are marked *