#कानून

स्वास्थ्यका कानुन उपसचिव भुसालको सरुवा, नयाँ उपसचिव रेग्मी

काठमाडौँ, २२ कात्तिक – स्वास्थ्य मन्त्रालयका कानुनउपसचिव खिमानन्द भुसालको सरुवा भएको छ । कानुन मन्त्रालयले भुसाललाई स्वास्थ्यबाट कृषि मन्त्रालयमा सरुवा गरेको हो । उनको स्थानमा कृषि मन्त्रालयका कानुन उपसचिव शम्भु रेग्मीलाई पठाएको छ । सरुवाको निर्णय २१ भदौमा भएपनि भुसाल अहिलेसम्म स्वास्थ्यमै रहेका थिए ।