पत्रपत्रिकामा स्वास्थ्य

स्वास्थ्य कार्यालयबाट पठाएको निशुल्क औषधि स्वास्थ्य चौकीमा पुग्दा म्याद गुज्रियो

काठमाडौ, ८ असार । जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहतका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएको छ । नौबहिनी गाउँपालिका–८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरीको रक्तस्राव रोक्न प्रयोग हुने अक्सिटोसिन इन्जेक्सन म्याद गुज्रिसकेको अवस्थामा आइपुगेको स्वास्थ्य चौकीका प्रमुख विनोद शाहले बताए ।

एक्सरे गर्न अस्पताल जाने बिरामीले जेनेटर आफै लानुपर्ने ?

डोल्पा, १६ बैशाख । उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ। जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन्।

लाइसेन्स परीक्षामा ७५ प्रतिशत डाक्टर फेल

काठमाडौँ, २८ चैत । नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन् ।

कर्णाली रोज्ने बाहिरका डाक्टर एक जना मात्र !

काठमाडौँ, २७ चैत । कर्मचारी समायोजनका क्रममा बाहिरका एक जना डाक्टरले मात्र कर्णाली प्रदेश रोजेका छन् । कर्णालीमै कार्यरतमध्ये पनि अधिकांश डाक्टरले बाहिरकै अस्पताललाई कार्यथलो छानेका छन् ।

सामान्य अवस्थामै १५ हजार चिकित्सक अपुग

काठमाडौँ, २५ चैत । सर्वसाधारणलाई स्वास्थ्य सेवा पुर्‍याउन सामान्य अवस्थामा पनि १५ हजार चिकित्सक अपुग रहेको विज्ञहरूले औंल्याएका छन् ।

बन्द हुने अवस्थामा कान्ति बाल अस्पताल

काठमाडौँ, १७ चैत । देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ ।

निःशुल्क औषधिको ४१ करोड फ्रिज

काठमाडौँ, १४ चैत । सरकारी अस्पतालमा निःशुल्क औषधि नपाएर विपन्न नागरिक निजी पसलबाट महँगोमा किन्न बाध्य छन् । तर, सरकारले निःशुल्क औषधिका लागि छुट्याएको बजेट खर्च नभई ‘फ्रिज’ भएको छ । सरकारको बजेट फ्रिज हुने र विपन्न नागरिकले औषधि नपाउने स्थिति औँल्याउँदै महालेखानियन्त्रक कार्यालयले स्वास्थ्य सेवा विभागको क्षमतामै प्रश्न उठाएको छ ।

लाखौँ ठगेको भन्दै पाँच मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस

ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगन्जको नेसनल र पोखराको गण्डकी मेडिकल कलेजले फरक–फरक शीर्षक र दरमा लाखौं रकम अवैध रुपमा असुल्ने गरेको पाइएको छ । छानबिन टोलीले ती कलेजलाई कारबाही गर्न सिफारिस गरेको छ ।

चीनमा पास भएका ११० जना विशेषज्ञ डाक्टर नेपालमा फेल ?

काठमाडौँ, २९ फागुन । चीनबाट चिकित्साशास्त्रमा एमडी/एमएस/एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन्  । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि गत साता लिएको विशेष परीक्षामा चीनबाट अध्ययन पुरा गरी लाइसेन्स परीक्षामा ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन्  ।

तीन करोड जनतालाई १४ सय डाक्टर !

काठमाडौँ, २८ फागुन ।  विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालमा जनसंख्याको अनुपातमा चिकित्सकको संख्या अत्यन्त न्यून देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १ हजार ४ सय चिकित्सक कार्यरत छन् ।