मेडिकल रेकर्डर सहित विभिन्न उपसमूहका ४०० बढीको समायोजन

काठमाडौँ, २१ असार ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थोरै संख्यामा कर्मचारी रहेका उपसमूहको समायोजन गरेको छ ।

मन्त्रालयले शुक्रबार मेडिकल रेकर्डर, डार्क रुम असिस्टेन्ट, कोल्ड चेन अधिकृत, खोप सुपरभाइजर लगायत थोरै संख्यामा कर्मचारी रहेका सबै तहका उपसमूहका करीब ४०० कर्मचारीको समायोजन गरेको बताएको छ ।

मन्त्रालयका उपसचिव भानुभक्त न्यौपानेले विवादमा नपरेका, थोरै संख्या रहेका उपसमूहका करीब ४०० जनाको समायोजन शुक्रबार (हिजो) भएको बताए । उनले ती उपसमूहका कर्मचारीहरुको पत्र सम्वन्धित कार्यलयमा पठाउने तयारी शुरु भईसकेको बताए ।

समायोजन भएपनि मन्त्रालयले भने अहिलेसम्म सूची सार्वजनिक गरेको छैन ।

उपसचिव न्यौपानेले भने सूची राख्नुपर्ने भन्दै नराख्नुको कारण भने आफूलाई थाह नभएको बताए । ‘सूची त हिजो नै राख्न भनिएको हो । अहिलेसम्म किन राखिएन त्यो त मलाई थाह भएन,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *