स्वास्थ्यमा समायोजन : सामान्यले पठायो आठौँ, नवौँ र दशौँ तहको सूची

काठमाडौँ, १६ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका आठौँ नवौँ र दशौँ तहको समायोजन सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको छ ।

गुनासो सम्वोधन गर्ने सुझाव सहित पठाएको सो सूची स्वास्थ्य मन्त्रालयले आवश्यक अध्ययन गरेपछि मात्रै सूची प्रकाशित गर्ने बताएको छ ।

स्वास्थ्य सचिव रामप्रसाद थपलियाले सूची आइपुगेको भन्दै सकेसम्म छिटो प्रकाशित गर्ने जानकारी दिए । उनले सूचीमा केही गुनासा सम्वोधन गर्नुपर्ने भएकोले त्यसको व्यवस्थापन पछि मात्रै सूची प्रकाशित हुन्छ । तर सकेसम्म छिटो हुन्छ ।

पुल दरबन्दीमा अझै अलमल

संघ बाहिर परेका आठौँ नवौँ दशौँ तहका चिकित्सकलाई पुल दरबन्दीमा राखेर व्यवस्थापन गर्ने सहमति गरेपनि सो विषयमा सामान्य प्रशासन मन्त्रालयमा अझै अलमल भएको पाइएको छ । विशेषत सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित चिकित्सकलाई पुल दरबन्दीमा राख्ने पक्षमा देखिएका छैनन् । उनले अहिले पनि सो विषय अघि नबढाएको स्रोतको दावी छ ।

यता मिलिसकेको विषयमा फेरी अफ्टेरो पार्न खोजेको र समायोजनलाई नै पुन प्रभावित गर्न खोजेको भन्दै स्वास्थ्यका अधिकारीहरु पुल दरबन्दीको विषयलाई बाँकी राखि बाँकी संघ अन्तरगर्त रहने कर्मचारीको समायोजन र पदस्थापन गर्ने तयारीमा जुटेका छन् । उनीहरुले सामान्यबाट पनि सोही अनुसारको सूची मागेका हुन् ।

त्यसो त पुल दरबन्दीका विषयमा केही समय अघि भएको सम्झौताबाट सामान्य प्रशासन मन्त्री पण्डित र सचिव यादव कोइराला व्याक हुन थालेपछि स्वास्थ्य अधिकारीहरुले मुख्य सचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष यो मुद्धा पुरयाएका छन् । उनीहरुले उत्तैबाट सहमति ल्याएर समायोजन अघि बढाउने तयारी गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *