राष्ट्रिय स्वास्थ्य नीति – २०७६ मन्त्रिपरिषदद्धारा पारित

काठमाडौँ, ११ असार ।  छाता स्वास्थ्य नीतिको रुपमा हेरिएको राष्ट्रिय स्वास्थ्य नीति – २०७६ पास भएको छ । गत १० जेठमा बसेको मन्त्रिपरिषदको बैठकले सो नीति पास गरेको हो । यद्धपी निर्णय भने ठिक एक महिना पछि सार्वजनिक भएको हो ।

‘यो नीति संघीय संरचना अनुसार बनाइएको छ । यसमा २५ वटा स्वास्थ्यका नीतिहरु समेटिएका छन्’ स्वास्थ्य सचिव डा पुष्पा चौधरीले भनिन्, ‘अव संघीय सरकारले यहि नीति टेकेर आफ्नो नीति बनाउन पनि सक्छन् ।’

नयाँ स्वास्थ्य नीतिको प्रस्ताव स्वास्थ्य मन्त्रालयले गत चैत १ मा मन्त्रिपरिषदमा पठाएको थियो । ४ चैतका दिन मन्त्रिपरिषदले आफू अन्तरर्गतको सामाजिक समितिमा छलफलका लागि पठाएको थियो ।

१७ चैतमा सो नीतिको मस्यौदामा व्यापक छलफल भएपछि निर्णयका लागि पुन मन्त्रिपरिषदमा पठाएको थियो ।

सचिव डा चौधरीले भनिन्  ‘धेरै लामो प्रयास पछि यो नीति आएको छ । अब स्वास्थ्यमा नीतिगत रुपमा कुनै अलमल हुने छैन भन्ने विश्वास छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *