सोह्र बर्षीया किशोरीको दुबै स्तनमा ट्युमर, मेडिसिटीमा भयो ‘विना शल्यक्रिया’ उपचार

किशोरीको स्तनमा रहेको ट्युमरहरुलाई ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाट निस्कृय पार्दै चिकित्सकको टोली

काठमाडौँ, १० असार ।  तीन साता अघि ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाट फोक्सोमा रहेको ट्युुमरको उपचार गर्न सफल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले एक किशोरीको स्तनमा रहेको ‘फाइब्रोडेनोमा’ अर्थात ट्युमरको पनि सफल उपचार गरेको छ ।

सोह्र बर्षीया ती किशोरीको दुवै स्तनमा रहेको ट्युमरहरुलाई ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाटै निष्क्रिय गरिएको हो ।

उपचारमा संलग्न चिकित्सक डा. ओम विजु पन्तका अनुसार सो किशोरीको बाँया स्तनमा ३ तथा दायाँमा ४ स्थानमा ट्युमर रहेको थियो । स्तनका लागि यस किसिमको अभ्यास नेपालमा अहिलेसम्म नभएको समेत उनले स्पष्ट पारे ।

त्यसो त तीन साताअघि मात्रै मेडिसिटी अस्पतालमा २० वर्षीय युवकको फोक्सोको ट््युमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ अर्थात बिना शल्यक्रियाबाट उपचार गरिएको थियो । अस्पतालले यो उपचार प्रक्रिया पनि नेपालमा पहिलो पटक शुरु भएको दावी गरेको छ ।

‘माइक्रोवेभ एब्लेसन’ एक यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी, स्तन तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्यूूमरको उपचार गर्न सक्छ ।

साधारणतया महिलाहरुको स्तनमा देखिने क्यान्सर रहित ट्युमोरलाई ‘फाइब्रोडेनोमा’ भन्ने गरिन्छ ।

मांसपेशीमा मात्र लठ्ठाएर गरिएको यस माइक्रोवेभ एब्लेसनले शरिरमा दाग नपार्ने र एकैपटकमा धेरैवटा घाउँहरुको उपचार गर्न सकिने चिकित्सकको भनाइ छ ।

नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा. सुनिल कुमार शर्मा ढकालसंगै इन्टरभेन्सन रेडियोलोजिष्ट डा. ओम विजु पन्त र डा. विवेक गुरुङ्ग तथा एनेस्थेसियोलोजिष्ट डा. अपुर्व शर्माको संलग्नतामा स्तनको माइक्रोवेभ एब्लेसन सफल भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *