समायोजन सकस : सामान्यले गुनासो सम्वोधन नै नगरी लिष्ट पठाएको खुलासा

काठमाडौँ, ८ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक साता अघि स्वास्थ्य मन्त्रालयलाई पठाएको समायोजन सम्वन्धि लिष्टमा गुनासो सम्वोधन नगरिएको पाइएको छ । सामान्यले गुनासो गर्ने व्यक्तिहरुको दोहोरिएको विवरण छुट्टयाको र केहीमा कैफियत उल्लेख गरेर मात्र पठाएको छ ।

पहिलेको समायोजन नमिलेको भन्दै सच्याउनका लागि चौथो देखि सातौँ तहसम्मको लागि १४ हजार बढी गुनासो परेको थियो । सामान्यले त्यहि गुनासोको लिष्टबाट दोहोरिएका तेहेरिएका निवेदन हटाएर ७ हजार ७४० जनाको मात्रै गुनासो जायज भएको बताएको थियो ।

‘हामीले गुनासो सम्वोधन गरि सबै मिलेर आयो भनेका थियौँ तर लिष्टमा त केही गरिएको रहेनछ, यति जनाको सम्वोधन गर्नुस् भन्दै आएको रहेछ । गुनासो सम्वोधनको पाटो त सुरु नै भएको छैन् । अब सुरु गर्ने हो । टाईम त लाग्ने भयो,’ स्वास्थ्यका एक अधिकारीले भने ।

सकिन त टाईम लाग्छ तर शुरुवात आजैबाट हुन्छ : सचिव थपलिया
यसैबीच स्वास्थ्य सचिव रामप्रसाद थपलियाले समायोजन सकिन केही समय लाग्ने बताएका छन् । तर उनले शुरुवात भने आजैबाट गर्ने योजना रहेको स्पष्ट पारेका छन् ।

‘हामीले आज मेडिकल बोर्डको सिफारिस लिएर आएका २७ जनालाई पुल दरबन्दीमा रहने गरी समायोजन गर्दैछौँ । त्यसको निर्णय भइसकेको छ । आज बेलुकासम्म वेवसाइटमा राखिन्छ होला,’ नेपाली हेल्थसंग उनले भने ।

उनले गुनासो सम्बोधन गरी कर्मचारीले चाहेकै ठाँउमा पठाउनका लागि स्वास्थ्यले विशेष टीम तयार गरेको र त्यो टिमले काम थालिसकेको बताए ।

सचिव थपलियाले गुनासो सम्वन्धी व्यवस्थापन गर्न केही समय लाग्ने भएपनि कम गुनासा भएका समूहबाट विस्तारै समायोजनको विवरण प्रकाशित गर्दै जाने स्पष्ट पारे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *