छोराको सन्तानका लागि ‘सरोगेट मदर’ बनिन् ६१ बर्षीया आमा, जन्माइन नातिनी

छोरा र उनका श्रीमानको लागि जन्माइदिएको शिशु काखमा लिदैँ सिसिल

एजेन्सी । समलैंगिक विवाहमा बाँधिएको छोराको लागि ६१ बर्षीया आमाले आफ्नो कोख प्रयोग गरि नातिनी जन्माईदिएकी छन् ।

चार बर्ष अघि समलैगिक विवाह गरेको आफ्नो ३२ बर्षीय छोरा म्याथ्यू र उनका समलैंगिक श्रीमान् २९ बर्षीय इलियट डोगर्थीका लागि ६१ बर्षीय आमा सिसिल इलिइडिज सरोगेट मदर बनेकी हुन् ।

उनले गत २५ मार्चका दिन अमेरिकाको ओमाहामा रहेको युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टर ५ पाउण्ड १३ औँन्स तौलको शिशुको जन्म दिएकी हुन् ।

यसअघि सिसिल सरोगेट मदर बन्न तयार भएपछि चिकित्सकहरुले उनकै छोरा म्याथ्यूको शुक्रकिट र म्याथ्यूका श्रीमान् डोगर्थीका २६ बर्षीया बहिनी लि यिरवीको डिम्ब मिलाएर भ्रुण तयार पारेका थिए । जव उनीहरुले सिसिलको पाठेघरमा भ्रुण राखे त्यसले हुर्कँदै गएको आकार दिन थाल्यो । चिकित्सकहरु भन्छन्,’आइभिएफ प्रविधिबाट गरिएको पहिलो प्रयासमै गर्भाधान सफल भयो ।’

त्यसो त सिसिलले पछिल्लो सन्तान जन्माएको तीन दशक भैसकेको थियो । महिनावारी रोकिएको पनि १० बर्ष नाघिसकेको थियो । यस्तो अवस्थामा सरोगेसीबाट सन्तान जन्माउने निर्णय लिन सिसिल मात्रै होइन चिकित्सकका लागि समेत चुनौति थियो ।

तर सिसिलले आफ्नो छोरा र उनको श्रीमानको सुखद भविस्यका लागि आफू खुशीसाथ गर्भधारण गर्न तयार रहेको बताइन । उनी मानसिक रुपमा तयार भएपछि शुरु भयो उनको स्वास्थ्य परीक्षण ।  चिकित्सकले सिसिलको स्वास्थ्य अवस्था सोचे भन्दा राम्रो पाए । रगत, मुटु र प्रसूति सम्वन्धी जाँच भएको थियो । यस्तै पाप स्मेयर, कोलेस्ट्रोल, म्यामोग्राम तथा अल्ट्रासाउन्ड जस्ता जाँच गरिएको थियो । डाक्टरहरुले सबै जाँच पछि सरोेगेट मदर बन्न योग्य भएको निस्कर्ष निकालेका थिए । यसको कारण सिसिलले आफ्नो नियमित एक्ससाइज भएको बताइकी थिइन ।

आमाले आफ्ना लागि सन्तान जन्माइदिएपछि छोरा र उनका श्रीमान्

सिसिलका फेमिलि चिकित्सक डा मउद डोथेर्तीले भने, आवश्यक सबै जाँच गर्दा स्वास्थ्य राम्रो देखेपछि विशेषज्ञ डाक्टरहरुले सरोगेट मदर बन्न बाटो खुल्ला गरेका हुन् । विशेषज्ञ डाक्टरहरुको कुरा उल्लेख गर्दै उनले भने, सिसिलको शरीरिक अवस्था त ६१ होइन ४० बर्षको महिलाको जस्तो रहेछ ।

सिसिल सुत्केरी हुँदा शल्यक्रिया गर्नु समेत परेन । १८ घण्टाको सुत्केरी व्यथा पछि उनले नातिनी जन्माएकी हुन् । नवजात शिशुलाई लेवर रुममा रहेकी नर्सले सिसिलकै काखमा राखिदिएकी थिइन । उनको चाहना अनुसार त्यसो गरिएको नर्सले बताइन ।

आमाले आफ्ना लागि सन्तान जन्माइदिएपछि म्याथ्यूले निकै खुशी भएको बताए । उनले आमाको महानता भन्दै मुक्तकण्ठले प्रसंशा गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *