काउन्सिल बैठकको निर्णय : पीजी अध्यापनका लागि पोखरालाई १७, कर्णालीले पायो ३ सिट

काठमाडौँ, ५ असार । नेपाल मेडिकल काउन्सिलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पोष्ट ग्राजुएट्स कार्यक्रम सञ्चालन गर्न १७ सिट दिने निर्णय गरेको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई ३ सिट दिने निर्णय गरको हो ।

काउन्सिलको आज बसेको बैठकले यी दुई प्रतिष्ठानलाई यसै शैक्षिक शत्र देखि कार्यक्रम सञ्चालन गर्न सक्ने गरी सिट दिने निर्णय गरेको हो ।
काउन्सिल स्रोतका अनुसार पोखराले इन्टरनल मेडिसिनमा २, सर्जरीमा ४, स्त्री तथा प्रसूतिमा ४, पेडियाट्रीक्समा २, एनेस्थेसियामा २, अर्थोपेडिक्समा ३ सिट पाएको छ ।

यता कर्णालीले एमडी इन जनरल प्राक्टिस (एमडीजीपी)मा ३ सिट पाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *