कर्णाली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘पीजी’ सिट पायो

काठमाडौँ, ५ असार । नेपाल मेडिकल काउन्सिलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरालाई पोष्ट ग्राजुएट्स (पीजी) तहको अध्यापनका लागि सिट दिएको छ । काउन्सिलको आज बसेको बैठकले ती दुई प्रतिष्ठानलाई सिट दिने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले बताए ।

तर, ‘कति कति सिट दिइएको छ ?’ भनेर खुलाउन चाहेनन् । ‘कम्तीमा २४ घण्टा त निर्णय सार्वजनिक गर्न मिल्दैन, म्याचुयोर्ड हुनुपर्छ भन्ने छ । त्यसैले सिटमा भन्न मिल्दैन । तर तपाईँलाई यत्ति भने सिट दुबै प्रतिष्ठानलाई दिइएको छ,’ उनले भने ।

कर्णालीले एमडी इन जनरल प्राक्टिस (एमडीजीपी) र पोखराले गाइने अब्सटेटिभ्स, अर्थोपेडिक सर्जरी र मेडिसिनमा एमडी कार्यक्रम चलाउन सिट मागेको थियो ।

ती दुई प्रतिष्ठानको इन्सपेक्सनमा गएका विज्ञ टोलीले सिट दिन सकिने सकारात्मक राय सहितको प्रतिवेदन बुझाएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *