सञ्चालनमा आयो आयुर्वेद विभागको योग कक्ष, अब हरेक शुक्रबार कर्मचारीलाई योग सिकाइने

काठमाडौँ, ५ असार । टेकुस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले योग कक्ष सञ्चालनमा ल्याएको छ । विश्व योग दिवस पूर्व सन्ध्यामा आजैबाट योग कक्ष सञ्चालनमा ल्याएको हो । विभागले योग कक्षको सञ्चालन स्वास्थ्यमा रिपोटिङ गर्ने पत्रकार तथा आफ्ना कर्मचारीहरुलाई योग सिकाएर गरेको छ ।

विभागले योग कक्ष कार्यालय भवनको तेस्रो तल्लामा बनाएको छ । १५ देखि २० जना सम्म अटाउने सो कक्षमा आयुर्वेद विभाग, स्वास्थ्य सेवा विभागका कर्मचारी र स्वास्थ्यसंग सरोकार राख्न जानेहरुले योग सिक्न सक्नेछन् । त्यसका लागि अहिले हप्तामा एक दिन अर्थात हरेक शुक्रबार योग कक्ष चलाउने योजना छ ।

विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले नसर्ने रोगको जोखिम कम गर्न र योग तथा बैकल्पिक चिकित्साको प्रवर्धन गर्न योग कक्ष सञ्चालनमा ल्याइएको बताए । ‘हामीले शारीरिक सामाजिक मानसिक र अध्यात्मलाई जोडनका लागि यो कक्ष सञ्चालनमा ल्याएका हौँ । हामीले सिकाउने योगमा विशेषगरी शारीरिक तन्दुरुस्ती, स्फुर्ती बढाउने र तनाव व्यवस्थापनमा जोड दिन्छौँ,’ उनले भने ।

पाँचौ अन्तराष्ट्रिय योग दिवस शुक्रवार मनाइँदै छ । योगलाई निरोगको मुख्य आधार भन्दै पछिल्लो समय विश्वभर नै योगअभ्याँस, व्यायाप, ध्यान, प्राणायम विस्तार हुँदै छ ।

सन् २०१४ मा संयुक्त राष्ट्र संघले जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसका रुपमा मनाउने घोषणा गरेको हो । सो घोषणाका लागि राष्ट्रसंघमा भारतले प्रस्ताव र नेपालले समर्थन गरेको थियो ।

यसरी सञ्चालनमा आयो विभागको योग कक्ष

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *