समता अस्पतालको सञ्चालक सञ्जेल दम्पत्ती प्रहरीको नियन्त्रणमा

काठमाडौँ, ३ असार । प्रहरीले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नी सहित ४ जनालाई कर्मचारीलाई नियन्त्रण लिएको छ । एक जना कर्मचारीको संकास्पद मृत्युपछि अस्पतालमा पुगेका सञ्जेल दपत्ती सहित अरु दुइ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी बृत्त बौद्यका डीएसपी नरेन्द्र चन्दले भने सञ्जेल दम्पत्ती र अरु दुई जनालाई सुरक्षाका कारण नियन्त्रण लिएको बताए । ‘कतिपयले पक्राउ गरेको भनेका छन् । त्यो होइन उहाँहरुको सुरक्षालाई ध्यान दिई हामीले प्रहरी बृत्त गौशाला पठाएका हौँ,’ उनले भने ।

महानगरीय प्रहरी परिसर काठमाडौँ प्रवक्ता होबिन्द्र बोगटीले पनि कसैलाई नियन्त्रणमा नलिएको बरु अस्पताल सञ्चालकहरुको सुरक्षाका लागि प्रहरीले केहीलाई गौशाला लगेको बताए । ‘ गौसालाबाट उहाँहरु घर जान सक्नुहुन्छ । पक्राउ गरेको होइन,’ उनले भने ।

एक सय रुपैयामा स्वास्थ्य उपचार सेवा उपलव्ध गराउने भनेर दुइर्् बर्ष अघि खोलिएको समता अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ बर्षीया विमला तामाङको शब झुण्डिएको अवस्थामा फेला परेपछि आफन्तहरुले शंकास्पद मृत्यु भन्दै प्रदिनभर प्रदर्शन गरेका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लाठिचार्ज र अस्रुग्याँस समेत प्रयोग गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *