सबै माग पुरा गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता पछि पश्चिम बंगालका चिकित्सकको आन्दोलन फिर्ता

कोलकत्ता । मुख्यमन्त्री ममता बनर्जीले सबै माग पुरा हुने प्रतिवद्धता जनाएपछि पश्चिम बंगालका डाक्टरहरुले एक साता देखि जारी आन्दोलन फिर्ता लिएका छन् । उनीहरु सोमबार बेलुका बार्ता सकिए लगत्तै नियमित काममा फर्किसकेका छन् ।

त्यसअघि डाक्टरहरुको प्रतिनिधिमण्डल र मुख्य मन्त्रीबीच राज्य सचिवालय बैठक कक्षमा बार्ता भएको थियो । डाक्टरहरुले उठाएका माग पुरा गर्न मुख्यमन्त्री बनर्जी त्यहि सहमत भएकी थिइन ।

यसअघि मुख्य मन्त्रीले बनर्जीले बार्ताका राज्य सजिवालयमा बोलाउँदा डाक्टरहरुले त्यहाँ आउनका लागि सर्त राखेका थिए । उनीहरुले सर्त थियो मुख्य मन्त्रीसंगको बार्ता लाईव टेलिकाष्ट हुनुपर्छ । मुख्य मन्त्री बनर्जीले डाक्टरहरुको सो माग स्वीकारिन र दुईवटा स्थानीय टेलिभिजनबाट सो बार्ताको प्रत्यक्ष प्रशारण भएको थियो ।

सहभागीका अनुसार आजको बार्तामा चिकित्सकहरुले आफ्ना धारणा राख्दा मन्त्री बनर्जीले चाखपूर्वक उनीहरुको कुरा ध्यानपूर्वक सुनेकी थिइन । कुनै विषयमा उनले आफ्ना मातहतका कर्मचारीलाई त्यहिबाट निर्देशन दिएकी थिइन । उनले डाक्टरहरुलाई तत्काल काममा फर्कन अपिल गरेकी थिइन ।

बार्तामा १४ मेडिकल कलेजका २१ जना प्रतिनिधि थिए । यस्तै बार्तामा प्रदेश स्वास्थ्य मन्त्री, मुख्य सचिव, प्रदेश स्वास्थ्य सचिव, प्रदेश प्रहरी महानिर्देक र प्रहरी आयुक्त समेत सहभागि थिए ।

बार्तापछि प्रदर्शनमा उत्रिएका चिकित्सकले पनि सन्तुष्ठ भएको प्रतिकिया दिए । हिजो भएको सहमतिमा छलफलमा मुख्य मन्त्री बनर्जी सबै सरकारी अस्पतालमा उजुरी निवारण कक्ष राख्ने र सुरक्षा संयन्त्र बढाउन सहमति भएको छ । यस्तै सहमतिमा डाक्टर तथा आगन्तुकको लागि एक जना सम्पर्क अधिकारी तोक्ने जसले विरामीको साथ आउने भिडलाई नियन्त्रण गर्न सकोस र इमरजेन्सीमा अनावश्यक पस्न नसकोस भन्नेछ ।

मुख्यमन्त्री बनर्जीले हरेक अस्पतालमा एक नोडल अधिकारी नियुक्त गर्न प्रहरीलाई निर्देशन दिएकी छन् । उनले त्यसको गरेमा डाक्टरमाथि आक्रमणका बेला अधिकारीले देख्ने हुनाले कानुन हातमा लिन खोज्ने परिवारले उजुरी दर्ता गर्ने विश्वास लिएकी छन् ।

एक साता अघिको घटनामा पाँच प्रहरीले पाँच व्यक्तिलाई पक्राउ गरी छानवीन गरिरहेको छ । आन्दोलनकारी चिकित्सकले डाक्टरको विरुद्ध लगाएको झुटा मुद्धा फिर्ता लिनुपर्ने माग गरेका छन् । तर मुख्यमन्त्री बनर्जीले डाक्टरहरुलाई कसै विरुद्ध मुद्धा दायर नभएको विश्वास दिलाएकी थिइन ।

कलकत्ताको नील रतन मेडिकल कलेजमा उपचार पछि मृत्यु भएका विरामीका परिवारले डाक्टरमाथि कुटपिट गरेपछि सेवा नै ठप्प पार्ने गरी डाक्टरहरु आन्दोलन गरेका थिए । त्यसको असर देशभर पर्दै गएको थियो । दिल्लीको एम्स अस्पताल तथा अन्य प्रदेशका ठूला अस्पतालका डाक्टर समेत घटनालाई लिएर प्रदर्शनमा उत्रिएपछि यो मुद्धा तत्कालै राष्ट्रिय करण भएको थियो । यसले मुख्यमन्त्री बनर्जीलाई झुक्न बाध्य बनाएको हो ।

त्यसअघि भने मुख्य मन्त्री बनर्जी डाक्टरको मागलाई वास्ता गरेकी थिइनन् । उनले तत्काल काममा नफर्किए कारवाही गर्ने चेतावनी दिएकी थिइन । उनले डाक्टरहरुको आन्दोलनलाई राजनीतिक रुपमा अथ्र्याउन थालेपछि झनै विवादमा परेकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *