बिरामी जाँच्न छाडेर विकिनीमा देखिन थालेपछि यी ‘मोडल’ डाक्टरको खोसियो लाईसेन्स

म्यानमार । आफ्नो ग्लामर फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दा म्यानमारमा एक जना महिला चिकित्सकले आफ्नो लाइसेन्स गुमाउनु परेको छ ।

मोडल समेत रहेकी २९ बर्षीया डा. नाङ मी सानले आफ्नो विकनी तस्बिर सामाजिक सञ्जाल फेसबुकमा बारम्बार पोष्ट गर्न थालेपछि म्यानमार मेडिकल काउन्सिलले उनको लाइसेन्स खारेज गरेको हो ।

लाइसेन्स खारेज भएको सुनेपछि ती मोडल डाक्टरले आफ्नो व्यक्तिगत स्वतन्त्रता माथि ठाडो हस्तक्षेप भएको भन्दै आपत्ति प्रकट गरेकी छन् । उनले काउन्सिलको निर्णय विरुद्ध अपिल समेत गर्ने बताइएकी छन् । तर काउन्सिलले भने उनको पोशाक देशको संस्कृति र परम्पराविरुद्ध भएको भन्दै कारवाही स्वरुप लाइसेन्स खारेजको निर्णय लिएको जनाएको छ ।

चार बर्ष अघि जनरल फिजिसियनको रुपमा प्राक्टिस शुरु गरेकी उनले पछिल्लो दुई बर्ष यता भने प्राक्टिस छाडी मोडलिङमा रमाएकी थिइन । काउन्सिलले लाइसेन्स रद्ध गरेपछि भने अब उनले चाहेर पनि मेडिकल प्राक्टिस गर्न पाउने छैनन् ।

मेडिकल लाइसेन्स खारेज गर्ने काउन्सिलको निर्णयले आफू स्तव्ध भएको भन्दै नाङले भनिन्, ‘म सानो संघर्षले डाक्टर बनेकी होइन आजको यो निर्णय ज्यादै नै दुखद छ ।’

पोशाककै कारणले लाइसेन्स गएको थाह पाएकी उनले आफू विरामीसंग कहिलेपनि त्यस्तो पोशाकमा प्रस्तुत नभएको प्रस्टिकरण समेत दिएकी छन् ।

पछिल्लो पटक सार्वजनिक भएको तस्विरमा उनी निकै बोल्ट देखिएकी छन् । उनले अमेरिकी मोडल केन्डल जेनरको स्टायल कपि गरे जस्तो देखिन्छ । चिकित्सक भएको व्यक्ति यसरी बोल्ड भएर प्रस्तुत भएको काउन्सिलले मन पराएन । फलत उनको लाइसेन्स खारेज गर्ने निर्णय गरयो ।

त्यसो त काउन्सिलले गत जनवरीमै बोल्ड तस्बिर नखिचाउन र राखिएका तस्बिर हटाउन भनेको थियो । उनले त्यसबेला तस्बिर हटाउने समेत बताएकी थिइन । तर उनले तस्बिर हटाइनन् ।

नाङले सन् २०१७ देखि मोडलिङमा गरिरहेकी छन् । उनले मेडिकल क्षेत्रमा ‘ड्रेस कोड’को कुनै पावन्दी नभएकोले आफूले इच्छा अनुसारको कपडा लगाएको बताउँदै आएकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *