ओम अस्पताल बिरामी मृत्यु प्रकरण : मेडिकल काउन्सिलले स्पष्टीकरण लिदै

बिरामीको मृत्यु पछि ओम अस्पताल परिसरमा नाराबाजी गर्दै आफन्त

काठमाडौँ, १ असार । ओम अस्पताल विरामी मृत्यु प्रक्ररणबाट नेपाल मेडिकल काउन्सिलले अस्पताल प्रशासनसंग स्पष्टीकरण लिने भएको छ ।

पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएकी ५० बर्षीया रामप्यारी थापा मगरको गत शुक्रबार मृत्यु भएको थियो । आफन्तहरुले थापाको मृत्युमा चिकित्सकको लापरवाही भएको बताउँदै आएका छन् ।

स्वास्थ्य सचिव रामप्रसाद थपलियाले ओम अस्पतालको घटनामा सम्वन्धमा पनि मन्त्रालयको ध्यानाकर्षण भएको बताए । ‘हामी कहाँ कुनै पक्षबाट पनि उजुरी आएको छैन । तर मिडियामा आयो हामीले हेर्यौँ । मेडिकल काउन्सिलको ध्यानाकर्षण गरायौँ । अब काउन्सिलले अस्पताल प्रशासनसंग स्पष्टीकरण सोध्नेछ । त्यसको जानकारी हामीलाई पनि गराउनेछ,’ उनले भने ।

काउन्सिलका प्रवक्ता डा दिलिप शर्माले रामप्यारी थापाको मृत्यु प्रकरणमा स्पष्टीकरण सोध्न लागिएको भन्दै त्यताबाट आउने जवाफको आधारमा थप कदम चालिने बताए ।

अघिल्लो शुक्रबार पित्तथैलीको शल्यक्रिया गर्न ओम अस्पतालमा ल्याइएकी थापाको शल्यक्रियाको क्रममा सानो आन्द्रामा प्वाल परेको र त्यसबाट लिक भएको फोहरले संक्रमण फैलिएर मृत्यु भएको बताइएको छ ।
आफन्तहरुले चिकित्सकको लापरवाहीको कारण विरामीको मृत्यु भएको बताउँदे आएका छन् ।

मन्त्रालयले आजै उपसचिव भानुभक्त न्यौपानेको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई डडेल्धुरा अस्पतालको घटनाको छानवीन गर्न टोली पठाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “ओम अस्पताल बिरामी मृत्यु प्रकरण : मेडिकल काउन्सिलले स्पष्टीकरण लिदै

  1. सामान्यतया धेरै पल्ट अप्रेसन गरेका ब्यक्तिको दुर्बिन बाट अप्रेसन गरिदैन । कारण आन्द्राहरु अपसमा टासिएको हुन्छ । धेरै अनुभव भएका हरु यस्ता कार्यमा सफल नभएका पनि होईनन ।अर्को कुरो ल्यप्रोस्कोपिक सर्जरी गर्दा कठिनाइ उत्पन्न भए ओपन सर्जरी गर्नु पर्छ र सर्जनहरुले यही गर्दछन ।हामी दुर्बिन बाट अप्रेसन गर्न जादा सर्जन हरुले ओपन गर्नु पर्ने हुन सक्छ भनेर बताउछन ।तर यहाँ यसो नगरि जबर्जस्ती दुर्बिन बाट गरेको देखिन्छ । अर्को गल्ती कम्प्लिकेसन हुना साथ ओपन गर्नु पर्थ्यो गरिएन । सर्जन ॐ अस्पताल का पूर्णकालिन सर्जन नभै काम चलाउ हुन सक्छन । यहाँअ कतै न कतै गल्ती भएको छ । ढाक छोप होईन सुधार गरौ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *