भारतमा भइरहेको चिकित्सकको आन्दोलनप्रति नेपाल चिकित्सक संघको समर्थन

काठमाडौँ, ३२ जेठ । नेपाल चिकित्सक संघ (एनएमए)ले पेशागत सुरक्षाका लागि भन्दै भारतमा भइरहेको चिकित्सकहरुको आन्दोलनप्रति समर्थन जनाएको छ । एनएमएका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले आज एक विज्ञप्ती जारी गर्दै पेशागत सुरक्षाका लागि इन्डियन मेडिकल एसोसिएशन पश्चिमबंगाल ब्रान्चले गरेको आन्दोलनमा समर्थन जनाएका हुन् ।

गत सोमबार कलकत्तास्थित एनआरएस मेडिकल कलेजमा उपचाररत बिरामीको मृत्युपछि स्थानीय गाउँलेहरु आएर डिउटीमा रहेका चिकित्सकलाई मरणासन्न हुने गरी कुटेका थिए ।

कुटाईबाट गम्भीर घाइते भएका एक जना चिकित्सकको ज्यान गएको बताइएको छ ।

पश्चिम बंगालका जुनियर आवासीय चिकित्सकहरुले पाँच दिन अघि शुरु गरेको आन्दोलन अहिले देशव्यापी बनेको छ । इन्डियन मेडिकल एसोसिएसनले आउदो हिजो देखि नै देशव्यापी विरोधको कार्यक्रम शुरु गरिसकेको छ ।

समस्या समाधान नभए आगामी सोमबार देशव्यापी रुपमा सेवा बन्द हुने घोषणा गरिसकेको छ ।

के भएको थियो घटना ?

कलकत्ता स्थित एनआरएस मेडिकल कलेज शिक्षण अस्पतालमा गत सोमबार बेलुका हृदयघात भएका ७५ बर्षीय मोहम्मद सइदलाई परिवारले उपचारका लागि ल्याएर भर्ना गरेका थिए । राती उनलाई उनलाई दोस्रो पटक हृदयघात भयो । रातीमा ड्युटिमा रहेका जुनियर डाक्टरले जीवन रक्षक इन्जेक्सन त दिए तर उनी बाँचेनन् ।

उनको हेरचाहमा बसेका परिवारका सदस्यहरुले ती जुनियर डाक्टरमाथि इन्जेक्सनबाट गलत औषधि दिएका कारण ज्यान गएको आरोप लगाए । उनीहरुले यो कुरा आफ्नो गाँउमा पनि सुनाए र अस्पतालमा बोलाए । त्यस लगत्तै गाँउबाट राती ११ बजे दुईवटा ट्रकमा युवाहरु आए र ड्युटिमा रहेका डाक्टर परिवह मुखर्जी र यश टेकवानीलाई नराम्रोसंग पिटे ।

पिटाई खाएका डाक्टर मुखर्जीको टाउको मै गम्भीर चोट लाग्यो । टाउकोको हड्डी फुट्यो । सहकर्मी डाक्टरहरुले उनलाई निजी नर्सिङ होममा लगेर जटिल शल्यक्रिया गरे ।

डिउटीमा रहेका आफ्ना सहकर्मीमाथि कुटपिट गरेपछि जुनियर डाक्टरहरुले आकस्मिक सेवा समेत ठप्प पारेर विरोधमा उत्रिए ।

अर्को दिन यो खबर पुरा कलकत्ताभर फैलियो । अर्को मेडिकल कलेजमा पनि यस्तै खालेको तनावको स्थिति सिर्जना हुन लाग्यो । गत बुधबार वर्दवान र मेदिनीपुर मेडिकल कलेजका डाक्टरले पनि घटनाको विरोधमा प्रर्दशन गरे । विरामीको आफन्तहरुसंग उनीहरुको पनि झडप भयो । त्यहाँ थप चार जना डाक्टर घाइते भए ।

यो घटनाको विरोधमा अधिकांश सरकारी डाक्टर आन्दोलनमा सहभागी भए । जसका कारण स्वास्थ्यसेवा नराम्रोसंग प्रभावित भयो । पश्चिम बंगाल राज्यमा रहेको कुल १८ वटा मेडिकल कलेजमध्ये १३ वटा सरकारी छ । तर आन्दोलनका कारण सबैठाउमा विरामीले दुख पाउन थाले ।

गत बुधबार नै नेशनल मेडिकल कलेजमा उपचारको अभावमा ३१ बर्षकी शिखा नाम गरेकी एक बिरामीको मृत्यु भयो । उसलाई स्वाशप्रस्वासमा समस्या थियो । कोलकत्तामा उपचार नभएपछि परिवारले कैनिङ अस्पतालमै फिर्ता गरे तर त्यहाँ पनि उनको उपचार भएन अन्तमा उनको ज्यान गयो ।

आन्दोलनपछि गत विहीबार अस्पतालको अनुगमनमा निस्केकी मुख्यमन्त्री ममता बनर्जीले घटना राजनीतिक रुपमा प्रेरित हुँदै गएको भन्दै डाक्टरलाई तत्काल सेवामा फर्कन चेतावनी दिइन । उनले आन्दोलन छाडी सेवामा फर्किन चार घण्टाको अल्टिमेटम दिइन । यसले स्थिति थप तनावग्रस्त बन्यो ।

पश्चिम बंगालको डाक्टरको समर्थनमा दिल्ली, महाराष्ट, गुजरात, आन्द्रप्रदेश, उत्तरप्रदेश गरी सबैजसो भागबाट चिकित्सकहरुले विरोध जनाउन थाले ।

शुक्रबार दिल्लीमा सरकारी चिकित्सक तथा आवासीय चिकित्सकहरु आकस्मिकबाहेकका सेवा छाडेर प्रदर्शनमा उत्रिएका छन् ।

प्रर्दशनले दिल्लीमा रहेको अखिल भारतीय आयुर्वेद विज्ञान संस्थान (एम्स) बाहेक अधिकांश सरकारी अस्पतालमा बिरामीको बेलाह भएको छ ।

एम्सको रेजिडेन्टस डाक्टर्स एसोसिएशनका अध्यक्ष डा राजीव रञ्जनले भने, बिहीबार डाक्टरहरुले कोलकत्ताको घटनाको विरोधमा मौन प्रर्दशन गरेका थिए । तर आज भने हामी सडकमै उत्रिएर प्रदर्शन गर्दैछौँ ।

यसैबीच एम्स अस्पतालका आवासीय चिकित्सकहरुले आजै केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्षवर्धनलाई भेटी कोलकत्ता घटनाबारेमा छलफल गरेका छन् ।

सो क्रममा मन्त्री डा हर्षवर्धनले मुख्यमन्त्री बनर्जीसंग राजनीतिसंग नजोडि हेर्न आग्रह गरेको बताए । उनले फेरी पनि माग सम्वोधन गर्न आफूले प्रयास थालिसकेको बताए ।

यसैबीच जुनियर डाक्टरहरुले मुख्य मन्त्री बनर्जीमाझ ६ बुँदे माग राखेका छन् ।

१ मुख्य मन्त्री ममता बनर्जीले डाक्टरका विषयमा दिएको अभिव्यक्ति फिर्ता लिनु पर्ने ।
२ डाक्टर प्रति भएको हमलाको निन्दा गर्दै विज्ञप्ती जारी गर्नुपर्ने।
३ घटनाका बेला पुलिसको निक्रियता प्रति छानवीन हुनुपर्ने ।
४ डाक्टरमाथि आक्रमण गर्नेमाथि कारवाही हुनुपर्ने
५ जुनियर डाक्टर तथा मेडिकल छात्रामाथि लगाएको झुटो आरोप फिर्ता लिनुपर्ने ।
६ अस्पतालमा सशस्त्र पुलिस राख्नुपर्ने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *