धनगढीको नवजीवन अस्पतालमा थपियो ६ वेडको आईसीयू सेवा

कैलाली २७ जेठ । धनगढीमा रहेको नवजीवन अस्पतालले आजदेखि सघन उपचार कक्ष (आईसीयू) सेवा सञ्चालनमा ल्याएको छ ।  करीब २ करोडको लागतमा अस्पतालले भेन्टिलेटर सहित छ वेडको आईसीयू सेवा सञ्चालनमा ल्याएको हो ।

अस्पतालमा आज आयोजित विशेष समारोहमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले आईसीयू कक्षको उदघाटन गरे ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज ढुंगानाले आईसीयू अभावमा उपचारका लागि भारत लगायतका अन्य ठाँउ जानु पर्ने अवस्थालाई न्युनिकरण गर्ने बताए । अस्पतालले आइसियुको वेड चार्ज प्रतिदिन ४ हजार रुपैयाँ र भेन्टीलेटर चार्ज प्रतिदिन ३ हजार रुपैयाँ तोकेको छ ।

अहिले ५० बेडमा सञ्चालित सो अस्पतालले थप ५० बेडमा स्तरोन्नती गर्ने तयारीमा छ । अहिले अस्पतालले न्युरो सर्जन बाहेकका सवै विषेशज्ञ सेवा प्रदान गर्दै आएको छ । त्यसबाहेक नेपाल सरकारद्वारा सञ्चालित प्रोत्साहन भत्ता सहितको निःशुल्क आमा सुरक्षा कार्यक्रम पनि प्रदान गर्दै आएको अस्पतालले अध्यक्ष ढुंगानाले बताए ।

नवजीवन अस्पताल धनगढी क्षेत्रमै निजी लगानीमा खुलेको पहिलो अस्पताल मानिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *