विस्फोटक पदार्थ त छैन ? स्वास्थ्य मन्त्रालयमा सर्च गर्दै प्रहरी

काठमाडौँ, २७ जेठ । दुईवटा तालिम प्राप्त कुकुर सहित आएको प्रहरीको विशेष टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कुना कुना ‘चप्पा मारेको’ छ । मन्त्रायल परिसरमा हातहतियार तथा विष्फोटक पदार्थ पो छ कि भन्दै तालिम प्राप्त कुकुर सहित आएको प्रहरीको टोलीले मन्त्रालय परिसरमा ‘चप्पा मारेको’ हो ।

सिंह दरबार भित्रका मन्त्रालयको तुलनामा सर्वसाधारणलाई समेत सहज पहुँच भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुरक्षाको दृष्टिकोणले सम्वेदनशील मानिन्छ । त्यसैले पनि पनि प्रहरीले गस्ति बढाएको हुनसक्ने मन्त्रालयका एक अधिकारीले बताए ।

‘सर्च’का लागि आएको प्रहरी टोलीले भने मन्त्रालयहरुको नियमित गस्ती गर्ने क्रममा आफूहरु आज स्वास्थ्य मन्त्रालय आएको बताए ।

यसरी गरिएको थियो सर्च

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *