पुल दरबन्दी सूचीमा पाँच जना डाक्टर छुटेपछि…

काठमाडौँ, २७ जेठ । पुल दरबन्दी राख्ने प्रस्ताव गरिएका डाक्टरको सूचीमा आफ्नो नाम नपरेपछि पाँच जना डाक्टरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन दिएका छन् । उनीहरुले यसै साता सार्वजनिक भएको पुल दरबन्दी राखिएका डाक्टरहरुको सूचीमा आफूहरुको नाम नपरेको भन्दै आफूहरुलाई समेत सो सूचीमा समेटन निवेदन दिएका हुन् ।

यसरी निवेदन दिन डाक्टरहरुमा डा टेकेन्द्र चौलागाईँ ( डेन्टल सर्जन आठौँ तह), डा रञ्जन थपलिया ( डेन्टल सर्जन), डा सन्ध्या पौडेल (डेन्टल सर्जन) डा रत्नबीर सुनार (एमडीजीपी आठौँ तह) र डा सरोजकुमार यादव (जनरल सर्जन नवौँ तह) रहेका छन् ।
उनीहरुले आफूहरुको सूची अहिले पनि प्रदेशमै रहेको र यसै साता सार्वजनिक भएको पुल दरबन्दीमा रहेने चिकित्सकको सूचीमा संघमा परेका चिकित्सकको नाम समेत परेको भन्दै त्यसलाई सच्याउन समेत अनुरोध गरेका छन् ।
स्वास्थ्यले गतसाता आठौँ देखि ११ औँ तहका १२३ जना चिकित्सकलाई पुल दरबन्दीमा राख्नुपर्ने भन्दै संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सूची पठाएको छ । सामान्यले सो सूची निर्णयका लागि मन्त्रिपरिषदमा पठाइसकेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *