शिविरमा जाँच गर्न आएका १ सय बढी महिलामा पाठेघरको मुखको क्यान्सरको आशङ्का

सप्तरी २३ जेठ । कञ्चनरुप नगरपालिकाले सञ्चालन गरेको शिविरमा जाँच गर्न आएका एक सय बढी महिलामा पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको छ ।

‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ नाराका साथ छ दिनसम्म शिविर चलेको शिविरमा आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच गरिएको थियो । शिविरमा एक हजार २४९ बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् ।

कञ्चनरूप–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरमा ८३८ ले आङ खस्ने रोग र ४११ जनाले पाठेघरको मुखको जाँच गराएका नगरपालिकाले जनाएको छ । तीमध्ये १०३ मा शङ्कास्पद पाठेघर मुखको क्यान्सर र २८ मा आङ खसेको पाइएको स्वास्थ्य शाखाका संयोजक डम्बरप्रसाद गुप्ताले बताए ।

शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा मनोज साह, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा ब्रजेशकुमार झा, नर्सिङ अधिकृत लक्ष्मी चौधरी, प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डा सञ्जीवकुमार झा, स्टाफ नर्स कविता गुप्तालगायतले बिरामीको जाँच गर्नुभएको स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्रप्रसाद यादवले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *