पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि भयो ‘इन्सपेक्सन’

काठमाडौँ, २१ जेठ । चिकित्सा शिक्षामा पोष्ट ग्राजुएट्स(पीजी) तहका विभिन्न विषयमा अध्यापन गराउन पाउँ भन्दै सिट मागेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत निरीक्षण (इन्सपेक्सन) का लागि नेपाल मेडिकल काउन्सिलले विज्ञ टोली पठाएको छ । उक्त टोलीले सोमबार ने प्रतिष्ठानको निरीक्षण गरि काठमाडौँ फर्कि सकेको थाह भएको छ ।

अब सो टोलीले दिने रिपोर्टको आधारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पीजी कार्यक्रम चलाउन पाउने वा नपाउने ? पाएमा कति सिट दिने ? भन्ने निर्णय काउन्सिलको पूर्ण बैठकले गर्नेछ ।

काउन्सिलले हिजो मात्रै यसैगरी एमडीजीपी कार्यक्रम चलाउन सिट माग गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको स्थलगत निरीक्षणका लागि टोली जुम्ला खटाएको थियो । जुम्लाले मागेको कार्यक्रम पनि विज्ञ टोलीले दिने प्रतिवेदनको आधारमा निर्णय गर्नेछ ।

स्रोतका अनुसार पोखराले गाइने अब्सटेटिभ्स, अर्थोपेडिक सर्जरी र मेडिसिनमा एमडी कार्यक्रम चलाउन सिट मागेको छ ।

‘सिट दिन मिल्छ कि मिल्दैन ?’ निरीक्षण टोलीका एक जना सदस्यले त्यसको निर्णय काउन्सिलले गर्ने बताए । उनले भने, ‘हामीले पूर्वाधार, जनशक्ति र बिरामी हेर्ने हो । र यी तीन कुरा हेर्दा पोखराको रिपोर्ट सकारात्मक नै आउला भन्ने देखिन्छ । तर ढुक्क रुपमा भन्ने अवस्था छैन,’ ती सदस्यले भने ।

प्रतिष्ठानमा रुपान्तरित हुनु अघि सो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकको रुपमा सेवा दिइरहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *