काउकुति लाग्दा किन हाँसो उठ्छ ?

प्राध्यापक सुखी शेरगील – साइकिआट्रि एण्ड सिस्टम्स न्युरो साइन्स, किंग्स कलेज लण्डन

काउकुति लगाउँदा कसैलाई मन पर्छ कसैलाई पर्दैन । या दुबै पनि हुनसक्छ । काउकुति एक अनौठो व्यवहार हो । काउकुति दुई प्रकारका हुन्छन् ।

१. क्निस्मिसिस अर्थात हल्का झर्को लाग्दो अनुभव : यस्तो प्रकारको हल्का गतिविधिका कारण उत्पन्न हुने गर्छ ।
२. गार्गलिसिस अर्थात जुन छालामा केही कडा दवावका साथ गरिने स्पर्शबाट उत्पन्न हुन्छ ।

छाला छोईँदा त्यसमुनि रहेका स्नायुको टुप्पोहरुले मस्तिस्कमा विद्युतिय संकेत पठाउँछन् । काउकुति लगाउँदा हामी हाँस्छौँ किनकी त्यसको तरंग एकैपटक मस्तिस्कको दुई भागमा पुग्छ ।

एउटा स्पर्शको विश्लेषण गर्ने भागमा र आनन्दको सञ्चार गर्ने भागमा । तर, निश्चयनै काउकुति लगाउँदा सधै रमाइलो मात्रै हुँदैन ।बास्तवमा त्यसले मस्तिस्कको त्यो भागलाई पनि प्रभावित गर्छ जसले मानिसलाई अत्याउने गर्छ । त्यसैले सुन्दा अनौठो लागे पनि, काउकुति लाग्दा हास्नु भनेको मानिसको आदिम प्रतिरक्षा प्रणाली अनुसारको प्रतिक्रिया पनि हुनसक्छ ।

त्यसो भए आफूले आफैलाई काउकुति लगाउन किन सकिदैन त ?
हाम्रो बिचारमा त्यो मस्तिस्कको सेरेवेलम भन्ने भागको कारणले गर्दा हो, जसले गतिविधिमा ध्यान दिन्छ । त्यो भागले शरीरमा हुने अपेक्षित र अनपेक्षित तरंगित अनुभवहरुबीचको फरक थाहा पाउन सक्छ ।

अर्को शब्दमा, तपाईँ के गर्दै हुनुहुन्छ भन्ने त्यसले पहिल्यै थाहा पाउँछ र प्रतिक्रिया जनाउँदैन । तर स्कत्सोफ्रेनिया जस्तो रोग लागेका केहीले आफैलाई काउकुति लगाउन सक्छन् । किनकी तिनको दिमागले आफूले आफैमाथि गरिएको गतिविधिको भेद छुट्याउन र थाहा पाउन सक्दैन ।

केही जनावरहरुलाई पनि काउकुति लाग्ने गर्छ । शार्कहरुलाई थुतुनोको ठिक मुनि काउकुति लगाउँदा तिनीहरुले क्निस्मिसिस अनुभव गर्छन् । तर गार्गलिसिस् चिम्पाञ्जी, गोरिल्ला र ओरांगउटानहरुमा मात्र देखिन्छ ।

यो सामाजिक रुपमा एकताबद्ध हुन सिकाउने एउटा तरिका अथवा बालकहरुलाई तिनका सबैभन्दा सम्वेदनशील अंग कहाँ छन् भनेर सिकाउने उपाय पनि हुनसक्छ ।

  • बीबीसी बाट
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *