आचार्य बालकृष्णले पाए युएन स्वास्थ्यसेवा पदक


जेनेभा, १२ जेठ । भारतको पतन्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीट्जरल्यान्डको जेनेभामा “स्वास्थ्यसेवा सम्बन्धी युएनएसडीजी १० सर्वाधिक प्रभावशाली पुरस्कार” प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतन्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गरेका हुन् ।

पुरस्कार प्राप्त गरेपछि ट्वीट गर्दै आचार्य बालकृष्णले योग र आयुर्वेदलाई विश्वस्तरमा मूलप्रवाही गर्न योगदान गर्नेहरुप्रति आफूले पुरस्कार समर्पित गर्न चाहेको उल्लेख गरेका छन् ।

जेनेभामा संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य ९युएनएसडीजी० सम्बन्धी कार्यक्रमका पाँच प्रमुख वक्ताहरुमा र्यान्डी उस्ट्रा, युनिसेफका कार्यकारी निर्देशक हेनरिटा एच फोर, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयेसुस, आबे ली र आचार्य बालकृष्ण छन् ।

योगगुरु रामदेबले उक्त सम्मानबाट पतन्जलीको अभियान निकै महत्वपूर्ण रहेको छ भन्ने देखिएको बताएका छन् । भारतको हरिद्वारमा आयोजित एक कार्यक्रममा रामदेवले भने, “आचार्य बालकृष्णलाई भारतको प्रतिनिधित्व गर्न आमन्त्रण गरिएको थियो । विश्व स्वास्थको पछिल्लो परिदृश्यमा जीवनशैलीसँग जोडिएका रोगहरुलाई कसरी योग, आयुर्वेद र परम्परागत भारतीय विधिका माध्यमबाट उपचार गर्न सकिन्छ भन्नेमा पतन्जलीले महत्वपूर्ण योगदान गरेको छ ।”

पतन्जलीले आयुर्वेद औषधि र व्यक्तिगत स्वास्थ्यसँग सम्बन्धित औषधिहरु उत्पादन गरिरहेको छ । रामदेवले बालकृष्णसँग मिलेर पतन्जली आयुर्वेद कम्पनी खोल्नुभएको थियो । रासस/ एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *