‘बोनम्यारो’पीडिललाई दुई लाख


बनेपा, १२ जेठ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ महादेवटारका १५ वर्षीय ‘बोनम्यारो’पीडित राजु रखालमगरको उपचारका लागि देश/विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकम उनका बुबा विष्णु रखालमगरलाई हस्तान्तरण गरिएको छ । विगत दुई वर्षदेखि ‘बोनम्यारो’ले काम छोडेपछि उनले काठमाडौँको सिभिल अस्पतालमा उपचार गराइरहेका छन् । उपचारकै क्रममा भएको रकम सबै सकिएपछि सहयोगका लागि उनका बुबा विष्णु रखालमगरको आग्रहमा स्थानीयवासीले सहयोग समिति गठन गरी रकम सङ्कलन अभियान शुरु गरेका थिए ।

बनेपाको शिक्षा सदन माध्यमिक विद्यालयमा अध्यनरत राजुको अवस्था देखेर आफूहरूले देश विदेशमा हात फैलाउँदा“अमेरिकामा रहेका नेपालीबाट रू एक लाख दुई हजार ३५० सङ्कलन भएको र बाँकी रकम अन्य संस्थाबाट प्राप्त भएको सहयोग समितिका अध्यक्ष निरध्वज लामाले बताउनुभयो ।छोरा बचाउनका लागि भएको जायजेथा र घरखेत बेचेर उपचार गर्दै आइरहेको बुबा विष्णुको भनाइ थियो । उपचारका क्रममा हालसम्म लाखाँै रकम खर्च भए पनि ‘बोनम्यारो’ नै प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि कसैको नमिलेको तर पछिल्लो पटक आफ्नै शरिर परीक्षण गर्दा आफ्नो ‘बोनम्यारो’ मिल्ने भएकाले यही जेठ १४ गते प्रत्यारोपण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

“जेठ १४ गते बोनम्यारो प्रत्यारोपण गर्ने तयारी भइरहेको र खर्च धेरै लाग्ने भएकाले पिर परिहेको अवस्थामा गरिएको सहयोगले आफ्ना लागि ठूलो राहत मिलेको छ” विष्णुले भने । प्रत्यारोपणका लागि लागि अझै रू १८ लाखसम्म खर्च लाग्ने सिभिल अस्पतालले जानाएको जानकारी दिँदै उनले ‘बोनम्यारो’ त मिल्यो तर खर्च अपुग भएकाले सहयोगीसँग अझै हात फैलाउनुपरेको छ भने । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *