कान्तिपुर डेन्टल सेन्टरको सहयोगमा सतुंगलमा नि:शुल्क दन्त शिविर

काठमाडौँ, ११ बैशाख । कान्तिपुर डेन्टल सेन्टरको प्राविधिक सहयोग तथा धवलागिरि आवास क्षेत्र समाजको आयोजनामा शनिबार सतुंगलमा निशुल्क मुख तथा दन्त स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

सतुंगलस्थित सेन्टर परिसरमा भएको उक्त शिविरमा १०२ जनाले मुख तथा दन्त स्वास्थ्य परीक्षण गराएका थिए ।

परीक्षणका क्रममा अधिकांशमा दाँत किराले खाने, गिजा सुन्निने समस्या, बांगोटिंगो तथा कसैलाई मुख भित्र घाउ हुने जस्तो समस्या देखिएको शिविरको नेतृत्व गरेकी डा प्रेरणा श्रेष्ठले बताइन ।

शिविरमा डा.  श्रेष्ठका अलावा डा. बुद्धिमान श्रेष्ठ सहित ७ जनाको टोली खटिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *