चुरोटका असर चौतर्फी : बच्चा देखि बृद्धसम्म, पेट भित्रको भ्रुणसम्म

  • डा. रमेश चोखानी (बरिष्ठ छातिरोग विशेषज्ञ)
डा. रमेश चोखानी (बरिष्ठ छातिरोग विशेषज्ञ)

चुरोटको सेवनले लाग्ने विभिन्न रोगहरुमध्ये एक हो सीओपीडी (क्रोनिक अब्टेक्टिक पल्मोनरी डीजीज ) । जो उपचार गरेर पूर्ण रुपमा निको पार्न सकिदैन । बिरामीलाई अलि अलि सजिलो मात्रै गराउन सकिन्छ ।

यो रोग लागिसकेपछि विस्तारै हुँदा हुँदै अक्सिजनसम्म लिन पर्न सक्छ । आजिवन नै अक्सिजन लिन पर्नेे, औषधि लिनुपर्ने, अझ आज भोलि त भेन्टिलेटर समेत घरमा राखेर उपचार गर्न पर्ने अवस्था आउन सक्छ । यो अत्यन्तै खर्चिलो अर्थात महंगो उपचार हो ।

अर्को समस्या चाही क्यान्सर हुनसक्छ । यहि सूर्तिजन्य पदार्थको सेवन खास गरी चुरोट तमाखुको सेवनले फोक्सोको क्यान्सर हुनसक्छ ।
तर जो मान्छेहरुले चुरोट त्यागिदिन्छ १० बर्ष पछि उनीहरुको स्वास्थ्यमा लाभ भएको पनि देखिएको छ । त्यसैले सूर्तिजन्य पदार्थ त्याग्नै पर्दछ ।
सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न अहिले सरकारले लागू गरेको टोवाको कन्ट्रोल मेजर्स अत्यन्त उपयोगी छ । यसले हाम्रो जनताको स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुरयाउँछ ।

असरकै कुरा गर्दा क्षयरोग हुने बिरामीलाई पनि चुरोटले नोक्सान गर्छ । खासगरी जसलाई इन्फेक्सन मात्रै भएको छ , ल्याटेन्ट टीबी इन्फेक्सन भनिन्छ, यस्तो मान्छेले चुरोटलाई निरन्तरता दिए दमको रोग तथा टीबी बल्झिने क्रोनिक हुने सम्भावना बढी हुन्छ ।

गर्भवती महिलाले चुरोट सेवन गरे उनीहरुलाई मात्रै होइन पेटमा रहेको भ्रुणलाई समेत असर गर्न सक्छ । कम तौलको बच्चा जन्मिने, विकलांग बच्चा जन्मिने मात्रै होइन । चुरोटको असरले भ्रुणको फोक्सोको विकासमा समेत नराम्रो असर पारेको हुन्छ । फोक्सोको विकास कम हुन्छ । अनि साछातीमा इन्फेक्सन हुने सम्भावना हुन्छ ।

घरमा आमा बाबुले चुरोट खाँदा उनीहरुलाई असर त गर्ने नै भयो परिवारका अन्य सदस्यहरुलाई समेत असर गर्दछ । स साना बच्चा छोरा छोरीलाई पनि असर गर्दछ । पछि गएर यहि कारणले दमको व्यथाले समेत सताउन सक्छ ।

त्यसैले गर्दा अरु सुर्तीजन्य पदार्थले मुखको क्यान्सर पनि हुनसक्छ । त्यसैले चुरोट सहितका सूर्तिजन्य पदार्थको सेवन गर्दै नगरौँ । गरेकाहरुलाई पनि सम्झाँउ र धूमपानको लत त्याग्न प्रोत्साहन गरौँ ।

(शुक्रबार स्वास्थ्य पत्रकार मञ्च, स्वास्थ्य मन्त्रालय र एक्सन नेपालले राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा व्यक्त गरेको बिचारको सम्पादित अंश)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *