स्वास्थ्य राज्यमन्त्रीको आश्वासन पछि नर्स जिता बरालले अनशन तोडिन्

काठमाडौँ, ९ जेठ ।  नर्स जिता बरालले दुई साता लामो अनशन तोडेकी छन् । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले माग पुरा गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडेकी हुन् । उनले राज्यमन्त्री डा यादवकै हातबाट जुस पिएकी छन् ।

शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रका नर्सको आन्दोलनमा ऐकेवद्धता जनाउँदै नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालय लाजिम्पाटमा अनशन बसेकी बराल स्वास्थ्यमा खराबी आएपछि बसुन्धरास्थित बिपी स्मृति अस्पतालमा सरेकी थिइन ।

उनले उठाएका अधिकांश मागमा स्वास्थ्य मन्त्रालयले पहिल्यै सम्झौँता गरेको भन्दै स्वास्थ्य राज्यमन्त्री यादवले कार्यान्वयनमै लैजान पहल गर्ने आश्वासन दिएपछि उनले अनशन तोडन राजी भएकी हुन् ।

यता नेपाल नर्सिङ संघले बरालले उठाएका अधिकांश माग आफूहरुले दुई बर्ष अघि नै उठाएको र मन्त्रालयसंग सम्झौँता समेत भइसकेको भन्दै आजै स्वास्थ्य राज्यमन्त्री डा यादवको ध्यानाकर्षण गराएका थिए ।

सम्झौता भइसकेको माग अब कार्यान्वनयमा आउने भन्दै राज्यमन्त्रीले अनशन नबस्न आग्रह गरेपछि बरालले अनशन तोडेकी हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *