विश्व स्वास्थ्य सभामा उपप्रधानमन्त्री यादवको सम्वोधन : ट्रकोमा निवारण गर्‍यौँ, रुवेला नियन्त्रण ल्यायौँ

काठमाडौँ, ८ जेठ ।  उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले स्वास्थ्यका क्षेत्रमा नेपालले उल्येख्य उपलव्धी हासिल गरेको बताएका छन् । स्वीट्जरल्याण्डको जेनेमा सोमबारबाट शुरु भएको ७२ औँ  विश्व स्वास्थ्य सभामा नेपाली टोलीको नेतृत्व गर्दै भाग लिन पुगेका उपप्रधानमन्त्री यादवले मंगलबार सभालाई सम्वोधन गरेका थिए ।

सो क्रममा उनले नेपालले ट्रकोमा (खस्रे) रोग निवारण गरेको र रुवेला समय अगावै नियन्त्रणमा ल्याइएको बताए । विश्वका १९४ राष्ट्रका उच्च पदाधिकारी, नीति निर्माता एवं स्वास्थ्यकर्मीको सहभागितता रहेको उक्त सभालाई सम्वोधन गर्ने क्रममा उपप्रधामन्त्री यादवले आफ्नो देश स्वास्थ्य क्षेत्रमा दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्मा सर्वव्यापी पहुँचको सुनिश्चितता गर्न महत्वपूर्ण कदम चालेको समेत सुनाए ।

उनले नेपालको सन्दर्भमा स्वास्थ्यसँग सम्बन्धित लक्ष्य हासिल गर्न गरिएका कार्यहरुले कोही पनि सेवाबाट वञ्चित हुने अवस्था नआउने भन्दै स्वास्थयको एजेन्डालाई मुलधारमा ल्याई प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण,औषधीको मूल्यमा नियन्त्रण, नसर्ने रोगहरुको भार कम गर्ने जस्ता कार्यहरु गरी गुणस्तरीय स्वास्थय सेवामा समतामूलक पहुँच बढाउने कुरामा जोड दिएको बताए ।

यसैबीच मंगलबार नै उपप्रधानमन्त्री यादवले चीनका राष्ट्रिय स्वास्थ्य आयोगका माननीय मन्त्री म. छिवईसँग स्वास्थ्यका क्षेत्रमा द्वीपक्षीय पारस्परिक हित र सहयोगलाई सुदृढीकरण गर्ने बारे छलफल गरेका थिए ।

उता मंगलबार नै नेपाल सहित आठ राष्ट्रहरुले आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउन महिला, बालबालिका तथा किशोर किशोरीको स्वास्थ सम्बन्धि विश्वव्यापी रणनीतिको विषयमा छलफल भएको थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले स्वस्थ जीवनको लागि विश्व व्यापी कार्ययोजनाको बारेमा धारणा राखेकी थिइन । उनले दिगो विकासको लक्ष्य प्राप्त गर्नको लागि नेपालले प्राथमिक्तामा राखेका कार्यक्रमहरु र आगामी दिनमा आउने चुनौतीका बारेमा समेत धारणा व्यक्त गरेकी थिइन । डा चौधरीले सोही अवसरमा स्वास्थको निम्ति पोषणको अपरिहार्यताको बारेमा समेत चर्चा गरिन ।

आगामी मंगलबारसम्म चल्ने विश्वसभामा भाग लिन नेपालबाट उपप्रधानमन्त्री यादवको नेतृत्वमा सात सदस्यीय टोली जेनेभा गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *